राकुटेन भाइबरले कोका–कोलासँगको साझेदारीमा ल्यायो कस्टम दशैँ लेन्स 

राकुटेन भाइबरले कोका–कोलासँगको साझेदारीमा ल्यायो कस्टम दशैँ लेन्स 

अर्थ डबली
मंगलवार, असोज २६ २०७८
अर्थ डबली
मंगलवार, असोज २६ २०७८ (अर्काइभ बाट)
  • राकुटेन भाइबरले कोका–कोलासँगको साझेदारीमा ल्यायो कस्टम दशैँ लेन्स 

    काठमाडौँ / क्रस–प्लेटफर्म सन्देश र आवाजसहितको सञ्चारको क्षेत्रमा एक अर्बभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरू रहेको राकुटेन भाइबरले कोका–कोलासँग साझेदारी गरेको छ । 

    images
    images
    images

    नेपाली भाइबर प्रयोगकर्ताहरूलाई प्रियजनसँग चाडपर्वको खुसीयाली, उल्लास, भर्चुअल शुभकामना र अन्तरङ्ग भावनाहरू साटासाट गर्न सजिलो बनाउनका लागि कोका कोलाले कस्टम दशैँ लेन्स ल्याएको छ ।

    आफ्ना सुरुवाती दिनहरूदेखि नै भाइबरले कुराकानीलाई जीवन्त बनाउनमा लेन्सको महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने तथ्यलाई स्वीकारेको छ । 
    त्यसैले प्रमुख प्रसंग र चाडपर्वहरूको अवसरमा यस्ता नयाँ र रोमाञ्चक फिचरहरूको श्रृंखला प्रस्तुत गर्नु भाइबरको विशिष्ट ट्रेन्ड हो । कस्टम दशैँ कोकलेन्स भाइबरको यसै ट्रेन्डको निरन्तरता हो । 

    कोकाकोलासँगको सहकार्यमा प्रस्तुत भाइबरको कोकाकोला दशैँ लेन्स अन्य धेरै रोचक फिचरहरूमध्ये पहिलो हो ।

    भाइबरका कोकाकोला दशैँ लेन्सले भाइबरका अन्य लेन्सहरू जस्तै एआर–इनाबेल्ड भिडियो म्योजिङ एण्ड फोटोज सेवा प्रदान गर्दछन् ।
    राकुटेन भाइबर र कोका कोलाबीचको यो महत्वाकांक्षी सहकार्यले भाइबरका नेपाली प्रयोगकर्ताहरूका लागि आउँदा दिनहरूमा रोमाञ्चक फिचरहरू पस्कने लक्ष्य राखेको छ । कस्टम दशैँ लेन्सको प्रस्तुति उनीहरूको व्यावसायिक सहयात्राको पहिलो खुड्किलो हो ।

    भाइबरसँगको सहकार्यका सम्बन्धमा कोका कोला नेपाल र भुटानका कन्ट्री डाइरेक्टर, आदर्श अवस्थी, भन्छन्, “यो दशैँमा कोका कोला र भाइबरले पृथक, मनोरञ्जक र सान्दर्भिक लेन्सहरू प्रस्तुत गर्न हातेमालो गरेका छन् । 

    हाम्रो पेय पदार्थले जस्तै यी लेन्सले पनि पक्कै प्रयोगकर्ताहरूका कुराकानीमा उत्साह, उमंग र ताजगी ल्याउनेछन् । आफ्ना प्रियजनहरूप्रति कृतज्ञता व्यक्त गर्नुहोस् र कोकाकोलाको बोतल र भाइबर लेन्सको माध्यमबाट उहाँहरूलाई धन्यवाद दिनुहोस् ।“

    'कुराकानीमा दशैँको रौनक थप्नको लागि द दशैं थेम्ड लेन्स'

    प्रयोगकर्ताहरूले च्याटमा भाइबरको क्यामेरा लन्च गरी उपलब्ध लेन्स छान्नुहोस् । आफ्नो कृतज्ञता, प्रेम व्यक्त वा क्यामेरामा अबिस्मरणिय क्षण कैद गर्दै एक भिडियो वा तस्वीर लिनुहोस् । 

    साताको लोकप्रीय