Logo
बिहिवार, कार्तिक ४ गते २०७८
images
कार्तिक ४ गते २०७८
images
images

फोर्ड नेपालले रोडसाइड असिस्टेन्समार्फत यात्रालाई सहज बनाउने 


२०७८ आश्विन, २६ मंगलवार
  • 229
    SHARES

  • फोर्ड नेपालले रोडसाइड असिस्टेन्समार्फत यात्रालाई सहज बनाउने 

    काठमाडौँ  / फोर्ड नेपाल (जि.ओ अटोमावायल्स प्रा. लि) ले यस चाडपर्वको उपलक्ष्यमा आफ्नो ग्राहकको सहज र झन्झटरहित यात्राको लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको छ ।

    images

    दशैँ र तिहारलाई मध्ये नजर राख्दै आफ्नो ग्राहकवर्गको सुविधाको लागि रोडसाइड असिस्टेन्सको योजना ल्याएको हो । दशैंमा नेपालभित्र आवतजावत धेरै नै हुने गर्छ, मानिसहरु आफ्नो घर, आफन्तकोमा जान्छन्, साथीभाइ भेट्छन् र हप्तैभरि नेपालीहरुको महान चाडको संस्कृतिमा रमाउँछन् । 

    चाडबाडको समयमा सबैको व्यापार व्यवसाय बन्द हुने र कामदारहरुको कमी हुने कारणले गर्दा गाडी बिग्रिएको अवस्थामा स्थानीय सर्भिस पाउन कठिन हुने भन्दै सो योजना ल्याएको फोर्ड नेपालका प्रतिनिधिले बताए । 

    “यस्तो समयमा फोर्ड नेपालले महत्वपूर्ण भूमिका खेल्दै आफ्ना सेवाग्राहीहरुलाई आफूले गरेको बाचा निभाउन रोडसाइड असिस्टेन्स मार्फत सेवा प्रदान गर्दैछ ।” उनले भने । 

    “फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार) मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहक वर्गलाई सेवा प्रदान गर्नेछ । यो स्थानहरु काठमाडौंबाट बाहिरिने मुख्य बाटो मध्ये पर्दछ र नेपालको अरु स्थानमा ग्राहकहरुको सेवा सुविधाको लागि नेपालभरि रहेको हाम्रो सर्भिस सुविधा सञ्जाल सक्रिय अवस्थामा रहनेछ ।  

    यो पनि पढ्नुहोस

    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images