मालदिभ्समा यस वर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यस वर्ष नौ लाख पर्यटक पुगे

अर्थ डबली
मंगलवार, असोज २६ २०७८
अर्थ डबली
मंगलवार, असोज २६ २०७८ (अर्काइभ बाट)
  • मालदिभ्समा यस वर्ष नौ लाख पर्यटक पुगे

    माले / कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।

    images
    images

    यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

    कोभिडका कारण अघिल्लो वर्ष पर्यटक नआएकामा अहिले यहाँ १२२ प्रतिशतसम्म पर्यटक बढेका सो मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

    साथै सो मन्त्रालयका अनुसार तर त्यो भन्दा पनि अघिल्लो अर्थात् सन् २०१९ का तुलनामा भने यहाँ पर्यटक कम आएका छन् । सन् २०१९ को यही अवधिका तुलनामा यसवर्ष यहाँ २९ प्रतिशत कम पर्यटक आएका हुन् । यसवर्ष यहाँ आएका पर्यटकमा अधिकांश भारतीय रहेका छन् ।

    त्यसैगरी एसियाका अरु देशका नागरिक र रुस तथा जर्मनीका पर्यटक यहाँ आएका थिए । यी देशका मात्र यहाँ २३ प्रतिशत पर्यटक आएका थिए ।त्यसपछि यहाँ फ्रान्स, ताजकिस्तान, स्पेन, बेलायत र अमेरिकी पर्यटक आएका छन् । तर यी देशका भने थोरै मात्र पर्यटक यहाँ आएका छन् ।

    मालदिभ्स पर्यटकीय देश हो । मालदिभ्सको राजधानी मालेमा विश्वका देशका नागरिकहरु विदा मनाउन आउने गर्दछन् । त्यसैले यस देशको मुख्य आय पनि पर्यटन नै हो । तर विश्वका अरु देशहरु जस्तै मालदिभ्सलाई पनि कोभिड १९को असरले छोएको छ ।

    साताको लोकप्रीय