राकुटेन भाइबरको जीवनपर्यन्त सम्बन्धको एक दशक : अन्तर्क्रियात्मक एवं सुरक्षित सन्देश आदान प्रदानको लागि ब्राण्डेड नाम 

राकुटेन भाइबरको जीवनपर्यन्त सम्बन्धको एक दशक : अन्तर्क्रियात्मक एवं सुरक्षित सन्देश आदान प्रदानको लागि ब्राण्डेड नाम 

अर्थ डबली
सोमवार, पौष २० २०७७
अर्थ डबली
सोमवार, पौष २० २०७७ (अर्काइभ बाट)
  • राकुटेन भाइबरको जीवनपर्यन्त सम्बन्धको एक दशक : अन्तर्क्रियात्मक एवं सुरक्षित सन्देश आदान प्रदानको लागि ब्राण्डेड नाम 

    काठमाडौँ / राकुटेन भाइबरले जीवनपर्यन्त सम्बन्धको एक दशक पार गरेको छ । निःशुल्क तथा सहज सञ्चारको लागि विश्वको अग्रणी एपहरुमध्येको एक राकुटेन भाइबरले आफ्नो नामलाई ब्राण्डिङ गरेको छ । 

    images
    images

    भाइबर त्यस्तो प्लेटफर्म जसले मोबाइल प्रविधिको सम्मान गरे जसरी आफ्ना प्रयोगकर्ताहरुको गोपनीयताको पनि सम्मान गर्दछ, विश्वभरका मानिसहरुलाई एक नयाँ किसिमको सन्देश प्रवाह गर्ने प्लेटफर्म उपलब्ध गराउँदै १० वर्षमा प्रवेश गरेको छ । 

    गएको एक दशकमा भाइबर निःशुल्क, अन्तरक्रियात्मक एवं सुरक्षित सन्देश आदान प्रदानको लागि एक घरेलु नाम बनिसकेको छ, जसले मानिसहरुलाई उनीहरुले चाहेको जोकोहीसँग जहाँकहींबाट सम्बन्ध कायम गर्न अनुमति दिन्छ ।

    भाइबरले आफ्नोे सेवा सन् २०१० मा अन्तर्राष्ट्रिय मोबाइल प्रयोगकर्ताहरुलाई निःशुल्क कलहरुको सुविधा दिन एक वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउने सामान्य लक्ष्यका साथ शुरु गरेको थियो ।

    त्यस बेलादेखि यसले धेरै विकास गरिसकेको छ, उद्योग अवरोध गर्दै र एक बृहत्तर सञ्चार माध्यम बन्दै यसले हाल मेसेजिङ्ग, ग्रुप च्याट्स, अडियो भिडियो कलहरु, कम्युनिटीहरु र च्याटबटहरु जस्ता खास प्रकृतिका विशेषताहरु सहितको सेवा उपलब्ध गराइरहेको छ र यी सेवाहरु प्रदान गर्दागर्दै भाइबरले आफ्ना प्रयोगकर्ताहरु प्रतिको सबैभन्दा मुख्य प्रतिबद्धता उनीहरुको गोपनीयतालाई पनि कायमै राखिरहेको छ । 

    यो सन् २०१४ को सन्दर्भ हो, जब भाइबर राकुटेन इनकर्पोरेटेडको एक हिस्सा बन्यो, जो वित्तीय सेवाहरु र इ–कमर्सको क्षेत्रमा विश्वको अग्रणी संस्था मानिन्छ । 

    सन् २०१८ मा गरिएको कम्युनिटीजको शुभारम्भ पनि कम्पनीको लागि एक बृहत कोसेढुङ्गा थियो, जसले एडमिनहरुलाई सुपरग्रुप च्याटको सिर्जना गरी असीमित संख्यामा मानिसहरुलाई सहभागी गराउन सशक्त बनाएको थियो । त्यसपछिको वर्षमा भ्वाइस कल विशेषताको शुरुवात गरिएको थियो । 

    आज, भाइबर युटिलिटिहरु र फिनटेक तर्फ विस्तार हुँदै एक सर्व सुविधा सम्पन्न सञ्चार प्लेटफर्म बन्ने दिशामा सही तवरले अघि बढिरहेको छ, र त्यहि पनि प्रयोगकर्ताको गोपनीयताको संरक्षण गर्ने प्रतिबद्धताबाट भने यो कहिल्यै विमुख भएको छैन ।

    सन् २०२० मा भाइबरले एक नयाँ विशेषता प्रस्तुत ग¥यो जुन विशेषता महामारीको दौरानमा अत्यावश्य भएको प्रमाणित पनि भयो, जस्तै सहभागीहरुको अधिकतम संख्या दोब्रर गरेर एकपटकमा २० जनासम्मले एकसाथ कुरा गर्न सक्ने ग्रुप भिडियो र अडियो कलहरु, ग्रुप भिडियो कलहरु । 

    नोभेम्बरमा भने कम्पनीले नवीनतम च्याटबट भुक्तानी माध्यम प्रस्तुत गरेर फिनटेकको संसारमा आफूले चालेको भविष्यको योजना विस्तारका बारेमा उद्घोष गरेको छ ।

    गएका वर्षहरुमा भाइबरले नेपालमा धेरै साझेदारीहरू पनि गरेको छ– इन्पÞm्लुएन्सर साझेदारी, २० भन्दा बढी मिडिया साझेदारी देखि लिएर  क्यूएफएक्स जस्ता मनोरन्जन उद्योगमा पनि भाइबरले साझेदारी गरेको छ । 

    भर्खरै, भाइबरले फिनटेकमा ईसेवा च्याट एक्सटेन्सन विस्तार सुरू गर्न पनि उन्नत भएको छ, जुन एक मेसेजिंग एप भन्दा बढी बनाउनको लागि स्तर अपग्रेड हो । 

    यसैगरी टेलिकम्युनिकेशनमा एनटीसी, एनसेल र स्मार्टसेलको कम्युनिटि रहेको छ,  र दराज जस्ता विभिन्न ईकमर्स साइटहरूसँग पनि व्यापार विकास साझेदारी गरिएको छ र हाल यसको प्लेटफर्ममा साझेदारको रूपमा १२ भन्दा बढी बैंकहरू छन् ।

    भाइबरले कहिले पनि नेपाली उत्सवको हिस्सा हुन छुट्याउँदैन । यसले नेपालमा विभिन्न उत्सव अभियानहरू पनि सुरू गरेको छ जस्तै बटहरु र मानिसहरुलाई डिजिटल रुपमा जोड्नका लागि दशैं, तिहार, होली र नेपालका अन्य चाडहरुका लागि लोकल स्टिकर प्याक पनि भाइबरले ल्याएको छ ।

    भाइबर जहिले पनि आफ्नो सीएसआर अभियानहरु मार्फत समुदायलाई फिर्ता दिन सक्रिय छ । यसले युनिसेफ नेपाल, युएन वुमन नेपाल, नेपाल पुलिस, एमओएचपी नेपाल र विश्वव्यापी रुपमा डब्ल्यूएचओको साथ सहकार्य गरी जनतालाई जानकारी दिन र आफ्ना प्रयोगकर्ताहरूलाई प्रमाणिक जानकारी प्रदान गर्न सहयोग पु¥याएको छ । 

    हालै, भाइबरले आफ्नो कम्युनिटी प्लेटफर्महरुमा तीव्र वृद्धि देखेको छ । यसले नेपाली प्रयोगकर्ताहरूले बितेका वर्षहरूमा भाइबर प्रति देखाएको प्रेमको प्रमाण पनि दिन्छ।

    “भाइबरको बितेको १० वर्षको यात्रा हामी प्रति आफ्नो व्यक्तिगत सञ्चारका साथ विश्वास गर्नु हुने करोडौं शुभेच्छुकहरुको साथ बिना सम्भव हुने थिएन र उनीहरुकै साथमा हाम्रो प्रगति आजको स्थानमा आइपुगेको छ । 

    भाइबरमा हामी सधैं नै हाम्रा प्रयोगकर्ताहरुलाई विश्वसँग उनीहरुको सम्पर्क बनाइराख्नका लागि निःशुल्क र सुरक्षित माध्यम उपलब्ध गराउनमा प्रतिबद्ध छौं । 

    हाम्रो जीवनको एक ठूलो हिस्सा प्रविधिहरुको निरन्तरताले लिएको परिप्रेक्ष्यमा डाटा गोपनीयता र सञ्चारको सुरक्षा झन महत्वपूर्ण बन्दै गएको छ । भाइबरका कामदारहरु यो संवेदनशील कार्यका लागि निरन्तर कठोर परिश्रम गर्न प्रतिबद्ध छन् । 

    तपाईंहरु मध्ये धेरैका लागि उनीहरु अपरिचित नै छन्, तर मलाई विश्वास गर्नुहोस्, म भन्छु उनीहरु सबैभन्दा राम्रो टिम हो ।” राकुटेन भाइबरको सिइओ जमेंल अगाउवाले भन्नु भएको छ ।

    “यसको आरम्भ सबै मानिसहरुलाई उनीहरुका प्रियजनसँग सम्पर्क बनाइदिने एकदम सामान्य उद्देश्यबाट भएको थियो” राकुटेन भाइबरका चिफ ग्रोथ अफिसर आना जमेंन्स्कायाले भने “आज विश्व अत्यन्त तिव्र गतिमा परिवर्तन भइरहेको छ, त्यसरी नै हामीले सञ्चार गर्ने माध्यमहरुमा पनि परिवर्तन आइरहेका छन् । भाइबरले सदैव आफ्ना प्रयोगकर्ताहरुका लागि अग्र स्थानमा रहने लक्ष्य लिएको छ, जुन हामी सधैं नै छौं ।”

    दशौं वार्षिकोत्सवको एक अङ्गको रुपमा भाइबरले आफ्ना प्रयोगकर्ताहरु जसले यो सम्भव बनाइदिए उनीहरुका लागि आफ्नो व्हील अफ फच्र्युन च्याटबटभित्र लाखौं उपहारहरुको अवसर प्रदान गरेर आफ्नो उत्सवलाई हर्षोल्सापूर्वक मनाइरहेको छ ।

    नेपालको लागि व्हील अफ फच्र्युन च्याटबटमा इसेवा, केकेएफसि, बाजेको सेकुवा र जगदम्बा मोटर्स–टिभिएस जस्ता ख्यातिप्राप्त नेपाली ब्राण्डहरुको सौजन्यमा प्राप्त उपहारहरु रहेका छन् ।

    इसेवासँग १०,००० जना भाग्यशाली प्रयोगकर्ताहरुले रु.१००÷को इसेवा ब्यालेन्स पाउन सक्ने अवसर रहेको छ । यस्तै दुई ठूला रेष्टुरेन्टहरु केकेएफसि र बाजेको सेकुवाले पनि भाइबरसँग यसको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा विशेष व्हील अफ फच्र्युन बटको साझेदारी गरेका छन्, जस अन्तर्गत खानामा छुट भाउचरहरु प्रदान गरिनेछ ।

    एकजना विजेताले व्हील अफ फच्र्युन बटमा राखिएको ग्राण्ड पुरस्कार टिभिएस स्कूटर पनि जित्न सक्नु हुनेछ ।

    यदि प्रयोगकर्ता स्पिन मार्फत टिभिएसमा रोकिन पुगेमा प्रयोगकर्ताहरुले बटबाट दिइने केवल दैनिक उपहार नम्बर पेश गर्नु पर्नेछ र यसलाई जगदम्बा मोटर्स–टिभिएस साइटमा गएर ग्राण्ड उपहारको लागि प्रविष्टि गराउनु पर्नेछ र थप व्हीललाई घुमाउनका लागि अन्य ३ जना साथीहरुलाई निमन्त्रणा गर्न सक्नेछन् ।

    यो बटमा भाइबरको तर्फबाट अन्य आकर्षक पुरस्कारहरु जस्तै भाइबर आउट क्रेडिट्स र फ्रि स्टिकर प्याकहरु पनि उपहार रहेका छन् ।

    राकुटेन भाइबरको बारेमा

    राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । 

    हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । 

    हामी हाम्रा प्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् ।

    राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो । 

    साताको लोकप्रीय