एशिया प्यासिफिक क्षेत्रमा राकुटेन भाइबरको प्रभाव : कोरोना महामारीको दौरानमा व्यापक प्रयोगको रेकडर्

एशिया प्यासिफिक क्षेत्रमा राकुटेन भाइबरको प्रभाव : कोरोना महामारीको दौरानमा व्यापक प्रयोगको रेकडर्

अर्थ डबली
सोमवार, माघ २६ २०७७
अर्थ डबली
सोमवार, माघ २६ २०७७ (अर्काइभ बाट)
  • एशिया प्यासिफिक क्षेत्रमा राकुटेन भाइबरको प्रभाव : कोरोना महामारीको दौरानमा व्यापक प्रयोगको रेकडर्

     
    काठमाडौँ /राकुटेन भाइबरले एशिया प्यासिफिक क्षेत्रभर एपको प्रयोगमा समग्र रुपमा वृद्धिको रेकर्ड बनाएको छ । कोभिड–१९ महामारीको कारणबाट उत्पन्न त्रासको अवस्थामा मानिसहरुले एक अर्कासँग गरेको सञ्चार आदान प्रदान एवं अन्तरक्रियामा आएको व्यापक परिवर्तनबाट अँकित सन् २०२० मा पनि पैसा नलाग्ने र सहज सञ्चार आदान प्रदानका लागि विश्वको अग्रणी एपहरुमध्येको एक हो ।
     
    एशिया प्यासिफिक क्षेत्रमा सन् २०२० को डिसेम्बरको अन्त्यमा एपको प्रयोग ४२१ प्रतिशतले वृद्धि भई वर्षको अन्त्य गरेको थियो । सोही अवधिमा भाइबरले सन्देशहरु पठाउनमा ५०९प्रतिशत र ग्रुपहरुमा सन्देशहरु पठाउनेमा व्यापक प्रयोगको रेकर्ड पनि राखेको छ ।

    images
    images

    भाइबर कम्युनिटी फिचरले पनि कम्युनिटी सन्देश पठाउनेमा अत्यन्त मजबुत वृद्धि गरेको छ । सन् २०२० का यी तथ्याँकहरु सन् २०१९ मा सोही समयमा गरिएको तथ्याङ्कमा आधारित छन् ।

    यसले सन् २०२० लाई भाइबरको गएको १० वर्षको इतिहासमा सबैभन्दा बलियो वर्षको रुपमा साबित गरिदिएको छ र यसका साथै एशिया प्यासिफिक क्षेत्रमा नेपाल जस्तो निर्दिष्ट बजारहरुमा पनि सन् २०२० को जनवरी र २०२० को डिसेम्बर बीचको अवधि तुलना गरेर हेर्दा उल्लेख्य वृद्धि दर हासिल गर्न सफल भएको छ ।

    नेपालमा, भाइबरको प्रयोगमा ३० प्रतिशतले वृद्धि भएको रेकर्ड राखेको छ । भाइबरमा प्रविष्ट नम्बरहरुको आधारमा नेपालीहरुले भाइबर सञ्चारमा गत वर्ष अधिक समय बिताएको देख्न सकिन्छ किनभने कम्युनिटीहरु हेर्ने दर्शकहरु २९० प्रतिशतले उछालिएको छ र कम्युनिटीहरुमा सन्देश पठाउनेको संख्यामा १६० प्रतिशतले वृद्धि भएको छ ।

    भाइबरको रेकर्ड अनुसार प्रयोगकर्ताहरुले सन्देशहरु प्रवाह गर्नेमा ३० प्रतिशतको वृद्धिदर र कल गर्नेमा २५ प्रतिशतको वृद्धिदर रहेकोले उनीहरुले मेसेज पठाउने र कल गर्ने गतिविधि बढेको छ ।

    आफ्ना प्रयोगकर्ताहरुलाई निरन्तर सर्वोत्कृष्ट सेवा उपलब्ध गराउन र उनीहरुको एप अनुभवलाई अभिवृद्घि गराउन, भाइबरले सन् २०२० मा नयाँ फिचरहरु जस्तै माइ नोट्स प्रस्तुत ग¥यो, जसले प्रयोगकर्ताहरुलाई आफ्नो कार्यसूची र मिडियालाई उनीहरुको सबै डिभाइसमा सिंक गर्न सक्षम बनाउँछ ।

    त्यस्तै, बर्थडे रिमाइण्डरले प्रयोगकर्ताहरुलाई आफ्नो सम्पर्कमा रहेकाहरुको जन्मदिनको सम्झना गर्न मद्दत गर्छ अनि डिसपियरिङ्ग मेसेजेजले मानिसहरुलाई आफ्नो अति संवेदनशील मेसेजहरुको आयु निर्धारण गर्नलाई अनुमति दिएको छ र जिफ क्रिएटरले हरेक प्रयोगकर्ताको सिर्जनशीलता उजागर गर्ने मौका दिएको छ ।

    कोभिड–१९ महामारीको प्रतिक्रिया स्वरुप मानिसहरु अनलाइन अन्तरक्रिया गर्न बाध्य हुनु परेपछि भाइबरले आफ्नो क्षमता अधिकतम बढाएर एकैपटकमा २० जनाले ग्रुप भिडियो र अडियो कल गर्न सक्षम गरी सहभागीहरुको संख्या दुई गुणा बढाएकोे छ ।

    यसैगरी एपले प्रयोगकर्ताहरुलाई कोभिड–१९ को बारेमा जीवन–रक्षार्थ जानकारी दिन मुख्य साझेदारी सम्बन्ध पनि विस्तार ग¥यो ।

    भाइबरमा विश्व स्वास्थ्य संगठनले च्याटबटको शुरुवात ग¥यो, जसले कोरोना भाइरसका सम्बन्धमा मानिसहरुले उठाएका सवालहरुको जवाफ दिने गर्दछ । त्यसैगरी नेपालको स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्रालयले पनि देशमा कोरोनाबाट उत्पन्न गहन परिस्थितिको बारेमा अद्यावधिक गराइराख्न आफ्नै भाइबर कम्युनिटी निर्माण गरेको छ ।

    आफ्ना प्रयोगकर्ताहरुलाई आफ्नो कार्यहरुको केन्द्र विन्दूमा राख्ने र एपभित्र उनीहरुको गोपनीयतालाई संरक्षण गर्ने उद्देश्यलाई निरन्तरता दिँदै, भाइबरले सन् २०२० मा प्रयोगकर्ताको डाटा नाफाको लागि अनुचित प्रयोगलाई निरन्तरता दिइरहेको हुँदा फेसबुकसँगको सम्पूर्ण व्यवसायिक सम्बन्धहरु तोडेको छ ।

    सुरक्षालाई आफ्नो एक मुख्य खम्बाको रुपमा लिने यस मेसेजिङ्ग एपले जिफ फिचरहरु र फेसबुक कनेक्ट सबै हटाइदिएको छ र सामाजिक प्लेटफर्ममा गरिने आफ्ना सबै विज्ञापन खर्चहरु कटौती गरिदिएको छ ।
    राकुटेन भाइबरको चिफ ग्रोथ अफिसर आना जमेंन्सकायाले भने “सन् २०२० मा विश्वव्यापी महामारीले सामाजिक, आर्थिक र प्राविधिक पक्षमा समेत अत्यन्त गहिरो असर सिर्जना गरिदिएको छ, र त्यसले हाम्रो कार्यशैली, अध्ययन, किनमेल र सामाजिकीकरणमा समेत परिवर्तन गरेको छ ।

    खास गरेर नेपालको सन्दर्भमा, जुन २०१५ को महाभुकम्पबाट भर्खरै पुनस्र्थापित हुँदै थियो, यस्तो अवस्थामा सबै नेपालीहरुका लागि धेरै तरिकाहरुबाट यो समय अझ चुनौतीपूर्ण बनेको होला भन्ने मैले बुझेकी छु । यद्यपि, नेपालीहरुले महामारीको कसरी सुझबुझ एवं सहजताका साथ सामना गरे त्यो हेर्नु वास्तवमै प्रेरणादायी थियो ।”

    उनले थपे “कोभिड–१९ को विस्तारिकरण रोक्न संयुक्त रुपमा आफ्नो भूमिका निर्वाह गरेकाले लकडाउनले सबैलाई ऐक्यबद्धताको अनुभव दिएको छ । विशेषतः भौतिक दूरी कायम राख्नु पर्ने समयमा हाम्रा प्रयोगकर्ताहरुको जीवनमा परेको व्यापक प्रभाव र पर्दा पछाडी रहेर सबैले गरेको कामको मुल्य मान्यतालाई हामीले गरेको महसुस गरेर हामी भाइबरमा उनीहरुको आँटिलो जुझारुपनबाट अभिप्रेरित भएका छौँ ।”
       
    “यो नयाँ वर्षमा प्रवेश गरे सँगै भाइबरले आफ्ना प्रयोगकर्ताहरुको गोपनीयताको हर हालतमा सबै क्षेत्रहरुमा संरक्षण गर्न तथा यसले जे शुरु गरेको थियो, त्यो जारी राख्न बचनबद्ध छ । यसै समयमा, हामी उनीहरुको एप अनुभव सुधार्न र  प्रयोगकर्ताहरुको जीवनमा महत्व राख्ने सबै जानासँग कसरी सम्पर्क राख्छन् भन्ने फिचरहरु उपलब्ध गराउन अझ बढी सक्रिय हुनेछौं,” उनले भने ।

    राकुटेन भाइबरले सन् २०२० मा नै आफ्नो स्थापनाको १० औं वार्षिकोत्सव पनि मनाएको छ र यस मेसेजिङ्ग एपलाई सबै एउटैमा भएको जीवनपर्यन्त एपको रुपमा स्थापित गर्ने लक्ष्य लिइ नयाँ नयाँ खुबीहरु र फिचरहरु प्रस्तुत गर्ने योजनाहरु पनि सार्वजनिक ग¥यो, जसको शुरुवात च्याटबट पेमेन्ट्सबाट गरेको छौँ, जसले प्रयोगकर्ताहरुलाई एप मार्फत सिधै भुक्तानीहरु स्वीकार्न तथा व्यापारीहरुबाट सेवा एवं उत्पादनहरु सुरक्षित तवरले खरीद गर्न अनुमति दिन्छ ।
     
    वितेका दशकहरुमा जस्तै प्रयोगकर्ताहरुको हित कल्याणलाई राकुटेन भाइबरले अझै पनि उच्च प्राथमिकतामा नै राखेर अघि बढेको छ र यसले उनीहरुलाई डाटा सुरक्षा तथा गोपनीयतामा तिनीहरुको प्रतिबद्धता कमजोर नबनाई उनीहरुलाई प्रगतिशील बनाउने फिचरहरु उपलब्ध गराउने तयारी गरेको छ ।

    साताको लोकप्रीय