सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

अर्थ डबली
शुक्रवार, जेठ २८ २०७८
अर्थ डबली
शुक्रवार, जेठ २८ २०७८ (अर्काइभ बाट)
  • सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

    काठमाडौँ / सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । 

    images
    images

    बिहीबार बसेको बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको हो ।

    गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सिइओ रहेका पोखरेल नियुक्त भएका हुन् । 

    उनले २०७६ साल जेठ २ गतेदेखि सिभिल बैंकको डेपुटी सिइओमा नियुक्ति लिएका थिए । सञ्चालक समितिले आगामी असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो । 

    सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंक हुँदै म्यान्माको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।

    स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेको अनुभव रहेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान भएको बैङ्करका रुपमा लिने गरेका छन् । उनीसँग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव  छ ।

    साताको लोकप्रीय