मध्यपहाडी राजमार्ग : ८६ पुल निर्माण, अझै २१ पुल ठेक्का हुनै बाँकी, निर्देशनालय प्रमुख अर्याल - कोरोना र सर्वोच्चले लक्ष्य प्रभावित

मध्यपहाडी राजमार्ग : ८६ पुल निर्माण, अझै २१ पुल ठेक्का हुनै बाँकी, निर्देशनालय प्रमुख अर्याल - कोरोना र सर्वोच्चले लक्ष्य प्रभावित

निषेधाज्ञाका समयमा ठेक्का निकाल्न नपाइने सर्वोच्च अदालतको निर्णयका कारण अघि बढ्न सकेन । दुईचार वटा पुलका ठेक्का निकाल्ने तयारी भए पनि कोभिड र निषेधाज्ञाको कारणले स्थगित छ । – निर्देशनालय

अर्थ डबली
मंगलवार, असार १५ २०७८
अर्थ डबली
मंगलवार, असार १५ २०७८ (अर्काइभ बाट)
  • मध्यपहाडी राजमार्ग : ८६ पुल निर्माण, अझै २१ पुल ठेक्का हुनै बाँकी,  निर्देशनालय प्रमुख अर्याल - कोरोना र सर्वोच्चले लक्ष्य प्रभावित

    काठमाडौं / राष्ट्रिय गौरवको मध्यपाहाडी राजमार्गमा डिजाइन अनुसार १२९ पुल निर्माण हुनुपर्नेमा ८६ पुलको निर्माण सकिएको छ ।

    images
    images

    मध्यपाहाडको विकासको आधारको रुपमा लिइएको यो राजमार्ग पछिल्लो समय विश्वभर फैलिएको कोरोना संक्रमण र सर्वोच्च अदालतले प्रभावित बनेको छ । यद्यपि समयमै पुल निमार्ण हुने लक्ष्यमा चुनौति रहेको थियो ।

    अझै २१ पुलको ठेक्का हुनै बाँकी छ । यसले दुईवर्षमा निर्माण सम्पन्न हुने लक्ष्यमा ब्रेक लागेको छ ।


    कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनका चरणमा रहेको कारण निमार्ण कार्य पुरा नभएको  मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ। 

    निर्देशनालयका प्रमुख अर्जुन अर्याल भन्छन्, कोभिड र सर्वोच्च अदालतले प्रभावित बन्यो

    आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको हो । राजमार्गमा अझै २१ पुलको ठेक्का सम्झाता हुन बाँकी रहेको छ । हालसम्म २२ पुल निर्माणाधीन छन्  । 

    २१ पुल ठेक्का हुन बाँकी छ । निर्माण शुरु हुन बाँकी पुलमध्ये अहिले सात पुलका ठेक्का भइसकको र चार वटा ठेक्का सम्झौताका लागि सूचना निकाल्ने चरणमा छ । 

    ती बाहेकका अरु पुलसमेत ठेक्का निकाल्ने क्रममा भए पनि निषेधाज्ञाका समयमा ठेक्का निकाल्न नपाइने सर्वोच्च अदालतको निर्णयका कारण अघि बढ्न सकेन । दुईचार वटा पुलका ठेक्का निकाल्ने तयारी भए पनि कोभिड र निषेधाज्ञाको कारणले स्थगित छ । 

    juju dhau dahi.JPG

    चालु आबमा सो आयाजनामा अहिलेसम्म तीन पुल मात्रै सम्पन्न भएको छ । त्योभन्दा धरै सङ्ख्यामा सम्पन्न गर्न लक्ष्य भएपनि विभिन्न समस्याका कारण लक्ष्यअनुसार भएन । निर्माणाधीन २२ पुलमध्ये सात सक्ने लक्ष्य भए पनि त्यस अनुसार प्रगति नभएको हो । अझै पनि मसान्तसम्ममा केही सङ्ख्या थपिनसक्छ । 

    मध्यपाहाडको विकासको आधार  राजमार्ग

    मध्यपाहाडी का विभिन्न जिल्लालाई जोड्ने यो राजमार्गलाई देशको मध्यपाहाडको विकासको आधारमा  लिइन्छ । सरकारले पनि यहि उद्धेश्यका साथ योजना अघि बढाएको हो।आव २०७९र ८० सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ। तर, विभिन्न बाहानामा काम अघि बढ्न ढिलाई हुँदा योजना प्रभावित बनेको छ ।

    juju dhau dahi.JPG

     पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग, हुलाकी राजमार्ग पछि पूर्वदेखि पश्चिम जोड्ने तेस्रो राजमार्गका रूपमा यो राजमार्ग रहेको छ । 

    पाँचथर जिल्लाको चियो भञ्ज्याङबाट शुरु भएको बैतडीको झुलाघाटसम्म रहेको छ । राजमार्ग निर्माणसँगै नयाँ शहर विकास हुने अपेक्षा गरिएको छ । 

     आयोजनामा अझै कतिपय स्थानमा रेखाङ्कन परिवर्तन गर्नुपर्ने माग भइरहेको छ । पुल निर्माणका लागि दुईतीन वर्ष समय लाग्ने भएकाले लक्ष्य अनुसार समयम सम्पन्न गर्न बाँकी स्थानमा सडक र पुल निर्माणका लागि प्रक्रिया अघि बढाइनुपर्ने सडक विभागले बताउँदै आएको छ ।

    साताको लोकप्रीय