आगामी तीन दिनसम्म कुन प्रदेशको मौसम कस्तो रहला ? हेर्नुस् मौसमविद्को भविष्यवाणी 

आगामी तीन दिनसम्म कुन प्रदेशको मौसम कस्तो रहला ? हेर्नुस् मौसमविद्को भविष्यवाणी 

अर्थ डबली
बुधवार, असोज २७ २०७८
अर्थ डबली
बुधवार, असोज २७ २०७८ (अर्काइभ बाट)
  • आगामी तीन दिनसम्म कुन प्रदेशको मौसम कस्तो रहला ? हेर्नुस् मौसमविद्को भविष्यवाणी 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।  हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाकी भूभागमा सामान्यतया सफा रहेको छ।
     
    आगामी तीन दिनको मौसम पूर्वानुमान 

    images
    images

    २०७८ आश्विन २७ गते (बुधबार)

    दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    राती : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

    २०७८ आश्विन २८ गते (विहीबार)

    दिउँसो : देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भुभागमा आंशिक बदली रहि  अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ र बाग्मती  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    राती : देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भुभागमा आंशिक बदली रहि  अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बाग्मती  प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    २०७८ आश्विन २९ गते (शुक्रबार)

    दिउँसो : देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भुभागमा आंशिक बदली रहि  अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश १ र बाग्मती  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    रातीस् देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भुभागमा आंशिक बदली रहि  अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बाग्मती  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    देशको पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

     

    साताको लोकप्रीय