साइपाल हिमाल क्षेत्रका किसानहरु च्याङ्ग्रा चराउन चीन

साइपाल हिमाल क्षेत्रका किसानहरु च्याङ्ग्रा चराउन चीन

अर्थ डबली
सोमवार, कार्तिक १० २०७७
अर्थ डबली
सोमवार, कार्तिक १० २०७७ (अर्काइभ बाट)
  • साइपाल हिमाल क्षेत्रका किसानहरु च्याङ्ग्रा चराउन चीन

    महेन्द्रनगर / बझाङ्गको हिमाली भेग साइपाल हिमाल क्षेत्रका पशुपालक किसानहरुको भेडा/च्याङ्ग्रा मासुका रुपमा खपत हुन थालेपछि दैनिकी नै परिर्वतन भएको छ ।

    images
    images

    कुनै बेला खाद्यान्न ढुवानीमा बढी प्रयोग हुने च्याङ्ग्राहरु विगत पाँच वर्षयता काठमाडौँ र पोखरा लगायतका शहरमा चाडपर्व बेला बिक्री हुन थालेपछि बझाङ्गको साइपाल गाउँपालिकामा व्यावसायिक रुपमा भेडा÷च्याङ्ग्रा पालेर मनग्य आम्दानी गर्न थालेका छन् ।

    दशैंका लागि ११२ वटा भेडा÷च्याङ्ग्रा पोखरामा बिक्री गरेर फर्किने क्रममा धनगढी पुगेका साइपाल गाउँपालिका–१ धलनका उब्जन बोहराले यस पटक रु ३० लाखको च्याङ्ग्राको कारोबार भएको बताए । 

    “साइपालबाट बिक्रीका लागि पोखरा पुगेका १२/१४ वटा ट्रक भेडा/च्याङ्ग्रा किनबेच भए”, बोहराले भने, “ यस पटक नयाँ व्यापारी पनि बझाङ्गबाट त्यहाँ पुगेको भेटिए ।”

    उनका असार, साउन महिनामा आफूहरु भेडा/च्याङ्ग्रा चराउन साइपाल हिमालको पाटन हुँदै चीनको उरै भञ्ज्याङ नाका पारिसम्म वर्षौदेखि जाने गरेको बताए । 

    “उरै नाका वारितर्फ चीनको गोडोहाल्ना र बैँस भन्ने ठाउँमा हामीहरु हरेक वर्ष भेडा÷च्याङ्ग्रा चराउन जान्छौं”, उनले भने, “ वर्षातपछि हिउँ पर्न सुरु भएपछि तल गाउँतिर झर्छौ ।” 

    साइपाल हिमालको पाटन र चीनको सीमावर्ती भूमिमा भेडा÷च्याङ्ग्रा चराउँन जाँदा उतै टेन्टमा बास बस्ने गरेको उनले बताए ।  

    “ चिनियाँहरु पनि अलि पहिलेसम्म हाम्रो क्षेत्रमा चौरीगाई चराउन आउथेँ ।” उहाँले चीनले उरैनाकासम्म आफ्नो भूमिमा यातायात सेवा विस्तार गरिसकेको बताए । 

    केही वर्षअघिसम्म डोटीको पेल्या लेकसम्म पनि बझाङ्गबाट भेडा÷च्याङ्ग्रा चराउन आउने गरेको पशुपालक किसानहरुको भनाइ छ । 

    “अहिले सो क्षेत्रमा रहेका सामुदायिक वनहरुले भेडा÷च्याङ्ग्रा चराउन गएवापत प्रति भेडा रु एक सय राजश्व लिने गरेका छन्”, साइपाल गाउँपालिका–३ काँडाका मोहन बोहराले भने “ भेडा÷च्याङ्ग्रा पालनको व्यवसायमा लाग्ने कृषकलाई राज्यले पनि अनुदान र सहयोग गरेर प्रोत्साहन गर्नुपर्छ ।”े

    उनले आफू पनि ११० वटा भेडा÷च्याङ्ग्रा पोखरामा बिक्री गरेर बझाङ्ग फर्किन लागेको बताए।

    “पोखरामा बिक्री गर्न एक साता जति समय लाग्यो”, उनले भने, “ गाउँमा प्रायः स्थानीयको व्यवसाय भनेकै भेडा÷च्याङ्ग्रा पालन गर्ने हो ।” 

    बझाङ्ग सदरमुकाम चैनपुरबाट साइपाल गाउँपालिका पुग्न दुई दिन पैदल हिड्नुपर्ने हुन्छ ।

    त्यहाँसम्म पुग्न पैदल गोरेटो बाटो निर्माण भइसकेको साइपाल गाउँपालिकाले जनाएको छ ।

    विगत चार वर्षदेखि चाडपर्वका बेला भेडा÷च्याङ्ग्रा खरिद बिक्रीमा स्थानीयहरु सोही गोरेटो बाटो प्रयोग गर्ने गरेका छन । 

    यस पटक स्थानीय किसानहरुले च्याङ्ग्राको तौल हेरेर रु १९ हजारदेखि २७ हजारसम्म खरिद गरेर पोखरामा रु ३० हजार भन्दा बढी मूल्यमा बिक्री वितरण भएको जनाएका छन ।

    साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले त्यहाँका किसानहरुले वार्षिक रु डेढ देखि दुई करोडको भेडा÷च्याङ्ग्रा बिक्री गर्ने गरेको बताए । 

    उनले भेडा÷च्याङ्ग्रा पालनमा सक्रिय किसानहरुलाई संघ र प्रदेश सरकारबाट अनुदान वितरण गर्ने विषयमा कुराकानी भइरहेको बताए । 

    सो गाउँपालिकामा जडीबुटीको व्यापार चीनसित हुने गरेको छ । उनले चैनपुर–ताक्लोकोट सडक खण्ड निमार्णाधीन भएपनि कामको गति सुस्त भएको बताए । 

    “ हाम्रो गाउँपालिकासित जोडिन अझै २÷४ वर्ष लाग्ने देखिन्छ”, उनले भने, “ट्रयाक खोल्ने काम पुस, माघमा हिउँले र वर्षातमा पानीले प्रभावित हुन्छ ।”

    उता चीनले भने उत्तरी नाकाको नेपाल–चीन सीमासम्म सडक सञ्जाल विस्तार गरिसकेको उनले बताए। 

    “पहिले नेपाल–चीन सीमाबाट तीन दिन हिडेर यो नाकाबाट कैलाश मानसरोवर तीर्थ यात्रामा जान्थे”, अध्यक्ष धामीले भने, “ चीनले सीमासम्म सडक ल्याएपछि एक दिनको यात्रामा पुगिन्छ ।”

    गाउँपालिकाबाट चीनसितको सीमानामा पुग्न तीन/चार दिन लाग्छ ।
    स्थानीयलाई मानसरोवर जान गाउँपालिकाको सिफारिसमा चीनले जान अनुमती दिने गरेको छ ।

    “कोरोनाका कारण अहिले यो नाकाबाट आवागमन ठप्प छ”, धामीले भने, “अरु बेला यहाँबाट वार्षिक २÷३ हजार तीर्थ यात्रुहरु कैलाश मानसरोवर जाने गरेको रेकर्ड छ ।”

    Rss

    साताको लोकप्रीय