राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष शर्माद्वारा शपथ ग्रहण

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष शर्माद्वारा शपथ ग्रहण

अर्थ डबली
शुक्रवार, पुस २४ २०७७
अर्थ डबली
शुक्रवार, पुस २४ २०७७ (अर्काइभ बाट)
  • राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष शर्माद्वारा शपथ ग्रहण

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका अध्यक्ष धनिराम शर्माले शपथ ग्रहण लिएका छन् । 

    images
    images

    उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम बिहिबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    बैंक सञ्चालक समितिको बिहिबार बसेको बैठकले शर्मालाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुन् । 

    शर्मा यस अघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको सञ्चालकको रूपमा नियुक्त भई कार्यरत थिए ।  

    शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

     

    साताको लोकप्रीय