सुत्ने बेला कुन दिशामा सिरानी बनाउँदा  राम्रो ? शास्त्रिय र बैज्ञानिक अर्थ के छ ? 

सुत्ने बेला कुन दिशामा सिरानी बनाउँदा  राम्रो ? शास्त्रिय र बैज्ञानिक अर्थ के छ ? 

अर्थ डबली
बिहिवार, फाल्गुण २० २०७७
अर्थ डबली
बिहिवार, फाल्गुण २० २०७७ (अर्काइभ बाट)
  • सुत्ने बेला कुन दिशामा सिरानी बनाउँदा  राम्रो ? शास्त्रिय र बैज्ञानिक अर्थ के छ ? 

    हामी कसरी सुत्छौं, कमै मानिसहरुले आफूलाई यो ख्याल राखेको  हुन्छ । वा सुत्नु पर्ने जस्तो सयन कक्ष हामीलाई नहुन सक्छ । कि हामी आफैं आफ्नो जिन्दगीदेखि लापरवाही गर्दछौं ।

    images
    images

    बदलिदो समाज फेरिदो जीवनशैलीसँगै कसरी धेरै धनसम्पत्ति आर्जन गर्ने ? भन्ने ध्यानमा हुन्छन् ।

    आफ्नो दिनभरिको थकान मेट्ने सयनकक्षमा कसैको ध्यान कम हुन्छ । मीठो निद्राका लागि नरम र आरामदायी सिरानी हुनुपर्छ। सिरानीको राम्ररी हेरचाह गरिएन भने त्यो विभिन्न रोगको कारण बन्न सक्छ।

    पुरानो भएपछि सिरानी ब्याक्टेरियाको घर बन्छ। विशेषगरी फोम भएका तकिया आरामदायी हुन्छन्। सुत्दा यस्ता तकियाले टाउको र घाँटीअनुसारको सेप लिन्छन्। गर्भवती महिलालाई पनि यस्ता तकिया प्रयोग गर्न सल्लाह दिइन्छ।

    sutne -sleep1.JPG

    कपाल चिसो छ भने तकियामा टाउको नराख्नुस् सिरानीसँगै त्यसको खोलमा पनि ध्यान दिनुपर्छ। तपाईको सुत्ने तरिकाले पनि जीवनशैलीमा धेरै परिवर्तनहरु दिइरहेको हुन्छ वा लाभहानी भइरहेको हुन्छ । 

    हिन्दु धर्ममा हरेक कार्यको नियम बनेको छ । हरेक कार्यलाई धर्म र अनुशासनको नियमले बाँधिएको छ । शास्त्रका अनुसार जब दिनभर काम गरेर थकान महसुस हुन्छ र हामी निदाउनका लागि बिस्तारामा जान्छौँ त्यतिबेला पनि दिशाको ख्याल गर्नुस् ।

    कुन दिशामा सिरानी राख्ने आफू कसरी सुत्ने ? 

    आजभोलि धेरै मानिसहरु बास्तु शास्त्र प्रेमी भएका छन् तर, अक्कल भने पुर्याउँदैनन् । 
    यस्तो छ हिन्दुधर्म अनुसार राम्रो नराम्रो ः

    पूर्व दिशाः 
     
    बास्तु शास्त्रको अनुसार यता सिरानी राखेर सुत्दा विद्याको कहिल्यै कमी हँदैन भनिन्छ । तपाई विद्याको धनी बन्नु हुन्छ । जसले सकारात्मक ऊर्जा दिन्छ । 

    पश्चिम दिशाः  यो दिशामा  सिरानी राखेर सुत्दा नाम, इज्जत र पहिचान पाइन्छ । आफ्नो प्रतिष्ठा बढेको महसुस हुन्छ । 

    उत्तर दिशाः 

    मानिसले ख्याल गर्नु पर्ने मूख्य कुरा यहि हो । यता सिरानी राखेर सुते हिन्दु धर्म शास्त्रमा खतरनाक मानेको कछ। विभिन्न प्रकारका रोगहरुले सताउने आक्रमण गर्ने बताइन्छ । 

    दक्षिण दिशाः 

    यो दिशामा सिरानी राखेर सुत्दा कहिल्यै धनको कमी हुँदैन । तपाईको जेब सधैं भरिलो हुन्छ भन्ने विस्वास छ ।  तपाईलाई धनसँगै खुशी र समृद्धि प्राप्त हुने शास्त्रमा लेखिएको छ । सकारात्मक उर्जा पैदा भइ जीवन मनमोहक बन्ने कुरामा विस्वास छ । 

    के छ त वैज्ञानिक अर्थ ?

    सुत्ने विषयलाई शास्त्रिय मान्यता मात्र होइन खासगरी पृथ्वीमा चुम्बकिय तत्वसँग पनि गाँसेर बुझिन्छ । यो सत्य अकाट्य पनि हो । विज्ञानले धेरै कुरा पत्ता लगाइसक्यो । दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकिय तरंग प्रवाहित भइरहेको हुन्छ । जब हामी दक्षिणतर्फ टाउको राखेर सुत्छौं, तब यी उर्जा हाम्रो शरीरमा प्रवेश गर्छ । र खुट्टाबाट निस्किएर बाहिर जान्छ । यही कारण विहान उठ्दा मान्छेले ताजगी महसुष गर्छन् । यो विज्ञानले पुष्टि गरेकै कुरा हो । 

    sleep- sutne.JPG

    तर, यदि उत्तरतर्फ टाउको र्फकएर सुत्छौ, तब ठीक विपरित ढंगले हाम्रो शरीरमा चुम्बकिय तरंग प्रवाह भई नकारात्मक असर पर्दछ । खुट्टाबाट प्रवेश गरेर टाउको बाट चुम्बकिय तरङ्ग निस्कन्छ । यसको साइड इफेक्ट हुन्छ । अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्या हुन्छ । उच्च रक्तचापमा पनि यसको कारण मानिएको छ ।

    त्यसैले हामी सबैले दक्षिणतर्फ टाउको फर्काएर वा सिरानी बनाएर सुत्नुपर्छ ।

    सिरानी कता बनाउने भन्ने कुरा पृथ्वीको चुम्बकिय अवस्थितीलाई आधार मानेर तय गर्नु राम्रो हुन्छ । 

    यदि हामीले सिरानी पूर्वी दिशामा बनाए र सुते स्वास्थ्य एवं मानसिकतामा राम्रो प्रभाव पार्ने गर्दछ । सूर्योदय हुने स्थानमा खुट्टा पारेर सुत्नु भने हुँदैन । 

    सुताई सम्बन्धी केही कुरा

    –     उठ्नसाथ हात दुबै हात रगड्नुहोस् । यसले गर्दा तपाईंको सबै नाडी सक्रिय हुन्छ ।

    –     उठ्नसाथ मन्द मुस्कुराउने अभ्यास गरौं । किनभने हरेक बिहान हाम्रो निम्ति नयाँ जीवन हो ।

    जान्नपर्ने केही कुार

    –     सुत्ने ओछ्यान सही दिशामा, सही ढंगले राखेको हुनुपर्छ ।

    –     सयन कक्षा शान्त, खुला हावा आउजाउ गर्ने हुनुपर्छ ।

    –     नियमित तालिका अनुसार सुत्नुपर्छ ।

    –     खाना खाए लगत्तै सुत्नु हुँदैन ।

    –     सुत्नुअघि मनलाई शान्त बनाउनुपर्छ । व्यवहारिक कुराहरु मनमा खेलाउनु हुँदैन ।

    –     राती चाडै सुत्ने र विहान चाडै उठ्ने बानी गर्नुपर्छ ।

    –     कम्तीमा सात वा आठ घण्टा मस्त निदाउनुपर्छ ।

    साताको लोकप्रीय