चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव : आगामी तीन दिनसम्म कुन प्रदेशको मौसम कस्तो रहला ? 

चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव : आगामी तीन दिनसम्म कुन प्रदेशको मौसम कस्तो रहला ? 

अर्थ डबली
शनिवार, आश्विन ३० २०७८
अर्थ डबली
शनिवार, आश्विन ३० २०७८ (अर्काइभ बाट)
  • चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव : आगामी तीन दिनसम्म कुन प्रदेशको मौसम कस्तो रहला ? 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको छ।लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ।

    images
    images

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ आश्विन ३० गते (शनिबार)

    दिउँसो : देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    राती : देशको प्रदेश नं १, प्रदेश नं २, र बागमती प्रदेश सामान्य बदली रहि अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    २०७८ आश्विन ३१ गते (आइतबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै कर्णाली प्रदेश प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राती : देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    २०७८ कार्तिक ०१ गते (सोमबार)

    दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश को एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    राती : देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश को एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    साताको लोकप्रीय