जाने होइन त मुस्ताङ घुम्न ? कसरी पुग्ने ? 

जाने होइन त मुस्ताङ घुम्न ? कसरी पुग्ने ? 

मुक्तिनाथ १०८ दिव्य देशहरूमा एक स्थान हो । यो ‘दिव्य देश’ वैष्णवहरूको पवित्र मन्दिर हो । यसै ठाउँको बाटो भएर उत्तरी–पश्चिमी क्षेत्रका महान बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचार–प्रसारका लागि तिब्बत गएका थिए भनिन्छ ।

अर्थ डबली
शनिवार, असोज ३० २०७८
अर्थ डबली
शनिवार, असोज ३० २०७८ (अर्काइभ बाट)
  • जाने होइन त मुस्ताङ घुम्न ? कसरी पुग्ने ? 

    घुमघामको लागि दसैँ तिहारको समय निकै उत्तम मानिन्छ । गर्मी गइसकेको र जाडो महिना शुरु नभएको यो बिचको समयमा मौसम पनि खुल्ने गर्दछ । यस समयमा मुस्ताङ घुम्न जानेहरूको दोब्बर हुने व्यवसायीहरू बताउँछन् । 

    images
    images

    मुस्ताङ नेपालको संघीय राजधानी काठमाडौँबाट साढे तीन सय किलोमिटरको दूरी पर हिमालपारीको जिल्लाको रूपमा प्रख्यात छ । मुस्ताङमा हिन्दु र बौद्धमार्गीहरूको लागि महत्त्वपूर्ण मानिएको मुक्तिनाथ मन्दिर रहेको छ ।

    समुद्र सतहदेखि ३,७१० मीटरको उचाईमा रहेको यो मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा भन्दछन् । छुमिङ ग्यात्साको अर्थ सय पानी हुन । तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरूमध्ये यो पनि एक हो ।

    वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरूमध्ये एक मानिएको यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध रहेको छ । मुक्तिनाथ १०८ दिव्य देशहरूमा एक स्थान हो । यो ‘दिव्य देश’ वैष्णवहरूको पवित्र मन्दिर हो । यसै ठाउँको बाटो भएर उत्तरी–पश्चिमी क्षेत्रका महान बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचार–प्रसारका लागि तिब्बत गएका थिए भनिन्छ ।

    वि.सं.२०६२ सालको मंसिर महिनामा मुक्तिनाथका पिठाधिश्वर कमलनयन आचार्य लगायत लाखौं नेपाली भक्तजनहरूले नेपाललाई तत्कालिन दन्द्वबाट मुक्ति मिलोस् भनेर मुक्तिनाथका १०८ शालिग्रामलाई हरिद्वारमा लगेर गङ्गाको तटमा सवालाख गाइको दूधले नुहाएर सवाकरोड बत्ती बाली पूजा गरेका थिए । 

    Mustang.JPG

    केके छ मुस्ताङमा ?

    कालीगण्डकीको तिरको मनमोहक दृश्य हेर्दै मुस्ताङ पुग्न सकिन्छ । यहाँको जीवनशेल्ी पनि चाखलाग्दो छ । मार्फा, टुकुचे लगायतका क्षेत्रमा बारीभरी लटरम्मै स्याउ फलेको दृश्यहरू देख्न सकिन्छ । 

    जोमसोम पुगेपछि मान्छे नै उडाउला जस्तो हावा, बिचमा हिउँ पग्लेर आएको कालीगण्डकी, कुनापट्टी डरलाग्दा पहाड अनि दक्षिणतिर टाउकैमाथिको निलगिरी हिमालले मुस्ताङ पुग्ने जोकोहीलाई मनमोहक बनाउन सक्छ । 

    त्यस्तै, भेडा, च्याङ्ग्रा र गधाका बथान आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण हुन् । मुस्ताङ उत्तरमा देख्दै आएका हिमाल जोमसोम पुगेपछि दक्षिणतिर देखिन्छन् । बिहानको समयमा जता हेरेपनि हिमालै हिमाल देखिन्छन् । दिउँसो भने हिउँ पग्लेर पहाड देखिन्छ ।

    मुक्तिनाथबाट जति माथि गयो उति फरक फरक आकार र रङ्गका सुन्दर पहाड, हिमाल र कालीगण्डकीको बगर देख्न सकिन्छ । 

    कागबेनीबाट मुक्तिनाथ उकालो लागेपछि पुरानो कागबेनी बजार, छिनछिनमा बाटो फेर्ने कालिगण्डकी अनि निलो आकाशमुनिका चुच्चे हिमालले मनै लोभ्याउँछ । 

    मुक्तिनाथ पुगेपछि प्रकृतिको सुन्दरतासँगै धार्मिक सुन्दरता पनि देखिन्छ । नेपालीसहित विभिन्न देशबाट पुगेका पर्यटकले १ सय ८ धारा र २ वटा कुण्डमा जम्नै लागको पानीमा स्नान गर्छन् । मनले चिताएको पुग्ने विश्वास रहेकाले मुस्ताङ पुग्ने धेरैजसो मुक्तिनाथ पनि पुग्छन् ।

    कसरी पुग्ने मुस्ताङ ? 

    समुन्द्र सतहदेखि २७ सय १० मिटरको उचाइमा रहेको जोमसोमबाट कागबेनी र मक्तिनाथसम्म सहजै गाडी पाइन्छ । काठमाडौंबाट म्याग्दीको सदरमुकाम बेनीसम्म सजिलै पुग्न सकिन्छ । बेनीबाट बिहानको समयमा सिधैँ जोमसोमको लागि बस र जीप पाइन्छ । टिकट नपाइएमा भने बेनीबाट मुस्ताङको घाँसासम्म अनि त्यहाँबाट जोमसोमको लागि बस पाइन्छ ।

    जोमसोमबाट कागबेनी मुक्तिनाथसम्म पनि सजिलै बस जीप पाइन्छ । माथिल्लो मुस्ताङ नै पुग्ने योजना भएपनि कागबेनीबाट छुसाङ अनि त्यहाँबाट लोमान्थाङसम्म जीप पाइन्छ । गाडीको सहज पहुँच भएकाले एक हप्तामै माथिल्लो मुस्ताङ पुगेर आउन सकिन्छ । लामो समय नै घुम्ने योजना भएकाहरुलाई ट्रेकिङ उत्तम विकल्प हो ।

    कति लाग्छ खर्च ? 

    काठमाडौँबाट करिब एक हजारदेखि १२०० रुपैयाँ खर्च गर्दा बेनी पुग्न सक्छि । बेनीमा खासै महङ्गो होटलहरू छैनन् । त्यस्तै, बेनीदेखि काठमाडौँदेखि बेनी पुग्ने खर्च बराबर खर्च गर्दा जोमसोम पुग्न सकिन्छ । त्यहाँ पनि १ हजारमा कोठा र ५ सय रुपैयाँ छाकको स्थानीय दाल र चामलको खाना निकै स्वादिलो खाना पाइन्छ ।  

    जोमसोमबाट झण्डै तीनसयदेखि पाँचसय रुपैयाँ खर्च गर्दा मुक्तिनाथ पुग्न सकिन्छ । यसर्थ करिब १० हजार रुपैयाँ खर्च गरेमा मुक्तिनाथ पुगेर कागबेनी जामसोम लगाएका ठाउँ घुमेर काठमाडौँ फर्किन सकिन्छ । 

    विभिन्न फिल्म र म्युजिक भिडियोले मुस्ताङको सौन्दर्य देख्न सकिन्छ । कागबेनी, कबड्डी, कबड्डी कबड्डी, जेरी, प्रेमगीत लगायतका कयौ फिल्महरूमा मुस्ताङको दृश्य देख्न सकिन्छ । 

     

    साताको लोकप्रीय