आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने, तोकियो सुरक्षा मापदण्ड  

आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने, तोकियो सुरक्षा मापदण्ड  

अर्थ डबली
बुधवार, मंसिर २४ २०७७
अर्थ डबली
बुधवार, मंसिर २४ २०७७ (अर्काइभ बाट)
  • आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने, तोकियो सुरक्षा मापदण्ड  

    काठमाडौँ / कोरोना भाइरसका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो मंसिर २८ गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

    images
    images

    मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तह सहितको सरोकारवालाको बैठकको निर्णय अनुसार मनकामना मन्दिर र बजार खोल्ने जानकारी भए पश्चात् मनकामना केबुलकार पनि एकै साथ सञ्चालनमा आउन लागेको हो ।

    स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार Standard Operating Procedure  (SOP) पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउंदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो ।

    जसअन्तर्गत केबुलकारको दुवै स्टेशनमा यात्रुहरुको ज्वरो मापन गरिने छ, १००0F भन्दा माथि ज्वरो भएका र रुघाखोकी लक्षण देखिएका यात्रुहरुलाई प्रवेश दिइने छैन । 

    केबुलकार प्रवेश गर्दा अनिवार्य रुपमा माक्स लगाउनु पर्नेछ र हात सेनिटाइज गर्नु पर्नेछ । यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दुरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध भई बस्नु पर्नेछ । 

    केबुलकार हाता भित्र प्रवेश गर्दा स्वचालित हेण्ड सेनिटाइजर वा साबुन पानीले हात धुनुपर्नेछ । स्टेशन हाताभित्र भिडभाड नगर्ने तथा पिकनिक र बनभोजलाई अस्थायी रुपमा बन्द गरिएको छ ।

    सञ्चालक राजेश बाबु श्रेष्ठका अनुसार केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रति घण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने हुँदा यात्रुहरुले सोही अनुसार आप्mनो यात्रा तय गर्नु पर्नेछ । बली दिने प्रयोजनको लागि पशुपन्छी ढुवानी गर्ने सेवा अस्थायी रुपमा बन्द गरिएको छ ।

    संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई-सेवा, फोन-पे आदि जस्ता सेवा प्रदायक कम्पनीसँग सम्झौता गरी सकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्नेछन् ।

    त्यसैगरी, आप्mनो जनशक्तिलाई फेस सिल्ड, माक्स लगायतको स्वास्थ्य सुरक्षाको समेत प्रबन्ध गरेको छ । केबुलकार सेवा सामान्यतया बिहान ९ बजे देखि साँझ ५ बजे सम्म मात्र सञ्चालनमा आउने छ । साथै, केबुलकार  र परिसरलाई दैनिक रुपमा डिसइन्फेक्सन समेत गरिने छ । 

    त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी पौष ३ गते शुक्रबार देखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । 

    मनकामना मन्दिर आउदो मंसिर २८ गते आइतबारदेखि नै खुल्ने मनकामना क्षेत्र विकास समितिले जानकारी दिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    विगतमा झैँ आगामी दिनमा पनि यात्रु तथा भक्तजनहरुले साथ र सद्भाव व्यक्त गर्ने विश्वास रहेको कम्पनीले जनाएको छ । 

    साताको लोकप्रीय