नेप्से २०५५.२२ बिन्दुमा झर्दा ५ अर्बको कारोबार, एनसिसि बैंकमा लगानीकर्ताको आकर्षण

नेप्से २०५५.२२ बिन्दुमा झर्दा ५ अर्बको कारोबार, एनसिसि बैंकमा लगानीकर्ताको आकर्षण

अर्थ डबली
बुधवार, पौष १ २०७७
अर्थ डबली
बुधवार, पौष १ २०७७ (अर्काइभ बाट)
  • नेप्से २०५५.२२ बिन्दुमा झर्दा ५ अर्बको कारोबार, एनसिसि बैंकमा लगानीकर्ताको आकर्षण

    काठमाडौँ / बुधबार पनि शेयर बजारमा ६.२० अंकको गिरावट आएको छ । मंगलबार करेक्सन देखिएको बजारमा बुधबार पनि करेक्सनले निरन्तरता पाउदा नेप्से ०.३० प्रतिशतले घटेर २ हजार ५५.२२ बिन्दुमा झरेर थामिएको छ । 

    images
    images

    त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ०.४३ अंकले घटेर ३८६.९९ बिन्दुमा झरेको छ । 

    नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि खुम्चिएको छ । कूल ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज १९९ ओटा कम्पनीको शेयर किनबेच भएका छन् । मर्जको हल्ला चलेपछि आज एनसिसि बैंकको कारोबारमा लगानीकर्ताहरुको आकर्षण बढेको देखिएको छ । 

    त्यस्तै ४९ हजार १५९ पटकको व्यापारमा आज एक करोड ५ लाख ५८ हजार ३९१ कित्ता शेयर खरिदबिक्री भएको नेप्सेको आँकडामा उल्लेख छ । 

    आज कारोबारमा आएका पाँच ओटा समूहको परिसूचकमा गिरावट आएपछि बजार घटेको हो । यो दिन बीमा समूहमा गिरावट आउँदा समग्र बजारमा नै असर परेको देखिन्छ ।

    बुधबारको कारोबारमा जीवन बीमा समूहको परिसूचकमा १५५.४८ अंकको गिरावट आएको छ भने निर्जीबन बीमा समूहको परिसूचमा समेत १३८.४२ अंकले घटेको छ । 

    यसैगरी अन्य समूहको परिसूचकमा २६.०२ अंक, हाइड्रो पावर २४.३६ अंक र वित्त समूहको परिसूचकमा २.१० अंकको गिरावट आएको छ ।

    घटेको बजारमा लघुवित्त समूहको परिसूचकमा भने ७६.५७ अंकको बृद्धि देखिएको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक २१.९१ अंक, व्यापार समूहको २४.१६ अंक, विकास बैंकको ९.६० अंक, बैंकिङ समूहको ०.९६ अंक र होटल समूहको ७.२७ अंकले परिसूचक बढेको छ । 

    बुधबार छ्याङ्दी हाइड्रो पावर र माहुली लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सुम्मित लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशत र आरएमडिसी लघुवित्तको शेयरमूल्य ९.९५ प्रतिशतले बृद्धि भएको छ ।

    माउन्टेन इनर्जी र सूर्यदय लघुवित्तका शेयरधनीहरुले पनि आज ९.८८ प्रतिशत नाफा कमाएका छन् । 

    आज एनएमबि ५० का लगानीकर्ताहरुले ४.४८ प्रतिशत, शिखर इन्स्योरेन्सका लगानीकर्ताहरुले ३.३३ प्रतिशत, गुडविल फाइनान्सकाले ३.२६ प्रतिशत र रिडी हाइड्रोपावरका लगानीकर्ताहरुले ३.२१ प्रतिशतले नाफा गुमाएका छन् । 

    घटेको बजारमा बुधबार नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको कारोबार रकम सबैभन्दा बढी रहेको छ । उक्त कम्पनीको शेयर कारोबार रकम ३९ करोड ४३ लाख ९५ हजार नाघेको हो । 

    त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार रकम ३१ करोड ९१ लाख ७६ हजार रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ३९ लाख ६९ हजार रुपैयाँ, नविल बैंकको १८ करोड ४८ लाख ५९ हजार रुपैयाँ र शिखर इन्स्योरेन्सको १४ करोड ७६ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । 

    साताको लोकप्रीय