हुवासिन सिमेन्ट उद्योगले वाग्मती सरकारलाई दियो स्वास्थ्य सामग्री

हुवासिन सिमेन्ट उद्योगले वाग्मती सरकारलाई दियो स्वास्थ्य सामग्री

अर्थ डबली
शुक्रवार, जेठ २१ २०७८
अर्थ डबली
शुक्रवार, जेठ २१ २०७८ (अर्काइभ बाट)
  • हुवासिन सिमेन्ट उद्योगले वाग्मती सरकारलाई दियो स्वास्थ्य सामग्री

    काठमाडौँ / हुवासिन सिमेन्ट उद्योगले वाग्मती प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

    images
    images

    धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना गरिरहेको चिनियाँ कम्पनी हुवासिनले आज वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आठ थान अक्सिजन कन्सेप्टर र ५०० थान एन्टिजेन किट उपलब्ध गराएको हो ।

    सो कम्पनीले आज विज्ञप्ति प्रकाशन गरी महामारीका समयमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको जनाएको हो । उद्योगले यसअघि रु ५० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

    धादिङ जिल्ला अस्पताल तथा सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाँउपालिकालाई पनि तीन दर्जन अक्सिजन सिलिण्डर उपलब्ध गराइएको उद्योगले जनाएको छ । 

    उद्योगले कोभिड महामारीको प्रकोप चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दै उपचारत कोरोना संक्रमितको स्वास्थ्यलाभ तथा दिवंगतप्रति हादिृक श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

     उद्योगले थप स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन प्रयासरत रहेको जनाएको छ । 

    साताको लोकप्रीय