सुनको मूल्यमा वृद्धि, प्रतितोला ९१ हजार ४०० रुपैयाँ  

सुनको मूल्यमा वृद्धि, प्रतितोला ९१ हजार ४०० रुपैयाँ  

अर्थ डबली
बुधवार, कार्तिक ३ २०७८
अर्थ डबली
बुधवार, कार्तिक ३ २०७८ (अर्काइभ बाट)
  • सुनको मूल्यमा वृद्धि, प्रतितोला ९१ हजार ४०० रुपैयाँ  

    काठमाडौं/ आज सुनको मूल्य प्रतितोला रु एक सयले बढेर ९१ हजार ४०० रुपैयाँ पुगेको छ । 

    images
    images

    छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको थियो । 
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । 

    महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ९०० मा कारोबार हुनेछ ।  जुन सोमबार प्रतितोला रु ९० हजार ८०० मा कारोबार भएको थियो ।

    महासङ्घका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २३५ पुगेको छ  । 

    चाँदी सोमबार प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो।  

    नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए । 

    साताको लोकप्रीय