बङ्लादेशलाई चीनले फेरि दियो खोप

बङ्लादेशलाई चीनले फेरि दियो खोप

अर्थ डबली
बुधवार, कार्तिक ३ २०७८
अर्थ डबली
बुधवार, कार्तिक ३ २०७८ (अर्काइभ बाट)
  • बङ्लादेशलाई चीनले फेरि दियो खोप

    ढाका / चीनले छिमेकी राष्ट्र बङ्लादेशलाई कोरोनाभाइरस विरुद्धको खोप फेरि उपलब्ध गराएको छ । 

    images
    images

    चीनमा बनाइएको सिनोभ्याक खोप चीनले उपलब्ध गराएको बङ्लादेशका उच्च अधिकारीहरूले जानकारी गराएका हुन् ।   

    “चिनियाँ सरकारले बङ्लादेश सरकारलाई अहिले पाँचौ चरणको खोप उपहार प्रदान गरेको छ, उस्ले पठाएको खोप मङ्गलबार बङ्लादेशको राजधानी ढाका आइपुगेको छ,” एक अधिकारीले भने । 

    बङ्लादेशस्थीति चिनियाँ दूतावासले पनि आफ्नो देशबाट बङ्लादेशका लागि पाँचौ चरणको खोप आएको पुष्टि गरेको छ । 

    सामाजिक सञ्जाल फेसबुकमार्फत दूतावासले सिनोभ्याक लाईफ साइन्स कर्पोरेसन लिमिटेडद्वारा उत्पादित खोप उपलब्ध गराइएको जनाएको छ ।

    चीनले बङ्लादेशलाई यसअघि गत मे, जुन र अगस्टमा सिनोफर्म खोप उपलब्ध गराएको थियो । 

    छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्ध लड्न उच्च प्राथमिकताका साथ सहयोग गर्ने चिनियाँ रणनीति अनुसार चीनले बङ्लादेशलाई खोप उपलब्ध गराउदै आएको हो । 

    साताको लोकप्रीय