सनराइज बैंकले ल्यायो भदौ महिनामा नारी विशेष योजना : खाता खोल्दादेखि आधुनिक सेवा उपयोग गर्दासमेत आकर्षक छुट 

सनराइज बैंकले ल्यायो भदौ महिनामा नारी विशेष योजना : खाता खोल्दादेखि आधुनिक सेवा उपयोग गर्दासमेत आकर्षक छुट 

अर्थ डबली
बिहिवार, भदौ ३ २०७८
अर्थ डबली
बिहिवार, भदौ ३ २०७८ (अर्काइभ बाट)
  • सनराइज बैंकले ल्यायो भदौ महिनामा  नारी विशेष योजना :  खाता खोल्दादेखि आधुनिक सेवा उपयोग गर्दासमेत आकर्षक छुट 

    काठमाडौँ / सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै भदौ महिनामा नारी विशेष छुट योजना ल्याएको छ । 

    images
    images

    नविनतम् र अत्याधुनिक सेवा र सुविधाहरू प्रदान गर्दै आएको सो बैंकले तीजलाई लक्षित गर्दै भदौ महिनामा नारी विशेष योजना छुट ल्याएको हो । 

    यस योजना अन्र्तगत आफ्ना ग्राहकहरुको लागि भाद्र महिनाभरि विभिन्न सेवाहरु निशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ ।

    यो योजना अन्र्तगत आफ्ना ग्राहकहरुलाई भाद्र महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरुलाई नारी बचत खातामा आकर्षक ब्याजका साथैे विभिन्न पाँच वटा सेवाहरु निशुल्क दिइने भएको छ । प्रथम वर्षको लागि निशुल्क दिइने सेवामा डिम्याट, मेरो शेयर, डेबिट कार्ड, के्रडिट कार्ड तथा लकर सेवा छन् ।

    साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भाद्र महिनाभरि अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरुलाई पहिलो कारोबार गर्दा २५ प्रतिशत वा रु ३०० सम्मको छुट समेत प्रदान गर्ने बैँकले जनाएको छ । 

    साथै सनराइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलार्ई भाद्र महिनाभरि कर्जा लिदा प्रशासनिक शुल्कमा ०।२५ प्रतिशतसम्मकोे छुट दिने समेत बैंकले जनाएको छ । 

    नारीहरू अझ अगाडि बढ्न सहयोग पुगोस् भनेर बैंकले खाता खोल्ने देखि आधुनिक सेवा उपयोग गर्नेसम्मका विभिन्न सुविधाहरु निःशुल्क दिने व्यवस्था गरेको हो । 

    सेयर बजारमा नारीहरुको संलग्नता बढ्दै गएको हालको अवस्थामा बैंकले यस योजना अन्र्तगत प्रदान गरेको निशुल्क डिम्याट र मेरो शेयरले नारीहरूमा सेयर कारोबार प्रति अझ बढी प्रोत्साहन प्रदान गर्नेमा बैंक विश्वस्त छ ।
     

     

    साताको लोकप्रीय