कुमारी बैंकद्वारा निःशुल्क कोभिड–१९ परीक्षण क्याम्प सञ्चालन 

कुमारी बैंकद्वारा निःशुल्क कोभिड–१९ परीक्षण क्याम्प सञ्चालन 

अर्थ डबली
शुक्रवार, भदौ १८ २०७८
अर्थ डबली
शुक्रवार, भदौ १८ २०७८ (अर्काइभ बाट)
  • कुमारी बैंकद्वारा निःशुल्क कोभिड–१९ परीक्षण क्याम्प सञ्चालन 

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले भदौ १८ गते शुक्रबार ‘निःशुल्क एन्टिजेन टेस्ट क्याम्प’ सञ्चालन गरेको छ । बैंकले काठमाडौँ उपत्यकामा तीव्र रूपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै सो क्याम्प सञ्चालन गरेको हो । 

    images
    images

    काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा सञ्चालन गरिएको सो क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन टेस्ट गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट  १५ मिनेटमा नै दिएको जानकारी गराइएको बैंकले जनाएको छ । 

    आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग गर्ने उद्देश्यले उपरोक्त कार्यकम आयोजना गरेको हो ।

    आफ्नो डिजिटल सामार्थ्यलाई परिष्कृत गर्न बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवा प्रवाह गर्दै आएको छ भने यसका डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता समेत जनाएको छ । 

    साताको लोकप्रीय