सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार, निक्षेप सङ्कलदेखि बिल भुक्तानीसम्म गरिने 

सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार, निक्षेप सङ्कलदेखि बिल भुक्तानीसम्म गरिने 

अर्थ डबली
सोमवार, भदौ २१ २०७८
अर्थ डबली
सोमवार, भदौ २१ २०७८ (अर्काइभ बाट)
  • सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार, निक्षेप सङ्कलदेखि बिल भुक्तानीसम्म गरिने 

    काठमाडौँ / सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पु-याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । 

    images
    images

    सोही क्रममा श्रावण ३२ सोमबार बैंकले प्रदेश २, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं.१५ सोकनाह बजारमा ८८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको थियो । 

    साथै भाद्र १३ गते आइतबार बैंकले प्रदेश १, सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औं शाखारहित बंैकिङ्ग सेवा शुभारम्भ गरेको छ । 

    उक्त शाखारहित बैंकिङ्ग सेवाहरू सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८९ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि सोकनाह बजारका जितेन्द्र कुमार साह र तित्रिवनकी स्थानीय व्यवसायी रमिता चौधरीलाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ ।

    सो शाखारहित बैंकिङ्गबाट निक्षेप सङ्कलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

    बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

    साताको लोकप्रीय