कुमारी बैंकले सुरु गर्यो आत्मरक्षा प्रशिक्षण, ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण’ गर्ने उद्देश्य 

कुमारी बैंकले सुरु गर्यो आत्मरक्षा प्रशिक्षण, ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण’ गर्ने उद्देश्य 

अर्थ डबली
शुक्रवार, असोज ८ २०७८
अर्थ डबली
शुक्रवार, असोज ८ २०७८ (अर्काइभ बाट)
  • कुमारी बैंकले सुरु गर्यो आत्मरक्षा प्रशिक्षण, ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण’ गर्ने उद्देश्य 

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले २० औं वाष्किोत्सवको अवसरमा महिलाहरूका लागि आत्मरक्षा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । बैंकले ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण’को उद्देश्यसहित आफ्नो २० औ वार्षिकोत्सवको अवसरमा उक्त प्रशिक्षण कार्यक्रम सुरु गरेको हो । 

    images
    images

    बैंकले महिला हिंसाको न्युनीकरण तथा प्रतिकार गर्न देशको विभिन्न स्थानहरूमा महिलाहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको हो । 

    महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसँग परिचित गराइ आत्म मनोवल उच्च बनाउने उद्देश्यसहित उक्त प्रशिक्षण सुरु गरिएको थियो ।

    महिला मैत्री वातावरण सहितको कार्यस्थललाई अग्रस्थानमा राखि कुमारी बैंक लिमिटेडले कारोवार गर्दै आइरहेको र यस किसिमको प्रशिक्षणबाट महिलाहरुमा थप जागरूकता, मौखिक रक्षा, झूटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानूनी रक्षा सम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोवलका साथ अगाडि बढ्न प्रेरित हुने तथा आत्मारक्षा सम्बन्धमा जनचेतनामा समेत विस्तार हुनेमा बैंक विश्वस्त छ । 

    सुदुर पश्चिम प्रदेश र बागमती प्रदेशमा प्रशिक्षण सञ्चालन सम्पन्न भइसकेको छ भने त्रमशः अन्य प्रदेशहरुमा पनि संचालन गर्ने तयारी भइसकेको छ ।   

    News kumari bank 1.JPG

    आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरी कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ्ग इकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    साताको लोकप्रीय