सनराइज बैंकको १४ औं वार्षिक उत्सव, देशभर रक्तदान कार्यक्रम सम्पन्न 

सनराइज बैंकको १४ औं वार्षिक उत्सव, देशभर रक्तदान कार्यक्रम सम्पन्न 

अर्थ डबली
आइतवार, आश्विन १७ २०७८
अर्थ डबली
आइतवार, आश्विन १७ २०७८ (अर्काइभ बाट)
  • सनराइज बैंकको १४ औं वार्षिक उत्सव, देशभर रक्तदान कार्यक्रम सम्पन्न 

    काठमाडौँ / सनराइज बैंकले आफ्नो १४औं वार्षिक उत्सवको अवसरमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 
    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत असोज १५ गते सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको हो । 

    images
    images

    सहयात्रा जीबन सुरक्षाको लागि भन्ने नाराका साथ बैंकले आयोजना गरेको सो कार्यक्रममा २५५ जनाले रक्तदान गरेका छन् । आउँदै गरेको महान चाँड दशैंमा मानिसहरु किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाई परिपूर्ति गर्न यस रक्तदान कार्यक्रमले मद्दत पु-याउने विश्वास रहेको बैंकले जनाएको छ । 

    News Sunrise bank.JPG

    दशैं र बैंकको १४औं वार्षिकउत्सवको अवसरमा सर्वाधिक १०.०७ प्रतिशत ब्याज प्रदान गर्दै आएको यस बैंकले वातावरण, स्वास्थ्य, सरसफाई, आदि क्षेत्रमा यस महिना भर विभिन्न कार्यक्रम गरी सहयोग पु-याउने योजना रहेको जनाएको  छ । 

    साताको लोकप्रीय