अफगानिस्तानमा धमाधम आइएस लडाकू पक्राउ, तालिबानद्वारा पत्रकारमाथि आक्रमण

अफगानिस्तानमा धमाधम आइएस लडाकू पक्राउ, तालिबानद्वारा पत्रकारमाथि आक्रमण

अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८
अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८ (अर्काइभ बाट)
  • अफगानिस्तानमा धमाधम आइएस लडाकू पक्राउ, तालिबानद्वारा पत्रकारमाथि आक्रमण

    काबुल / अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स (आइएस) का लडाकूहरु पक्राउ परेका छन् । सरकारी सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकू पक्राउ परेका छन् ।  

    images
    images
    images

    अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपनि अर्को विद्रोही समूह आइएसससँगको द्वन्द्व भने कायमै रहेको छ । 

    “पछिल्लो एक महिनामा आइएस समूहसँग सम्वन्धित झण्डै २५० लडाकूलाई सरकारी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन्,” टोलो न्युज टेलिभिजन च्यानलमा तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिदले भने । 

    पक्राउ परेका केही लडाकूसँगै आक्रमणका लागि प्रयोग हुने विस्फोटक पदार्थ तथा हतियारहरु समेत बरामद गरिएको उनको भनाई छ । आइएस लडाकूहरुले अफगानिस्तानमा आक्रमणको तयारी गरिरहेको पनि समाचारमा जनाइएको छ ।  

    तालिबानद्वारा पत्रकारमाथि आक्रमण

    काबुलमा महिला अधिकारकर्मीहरुले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार कैयौ पत्रकारहरुमाथि आक्रमण गरेको छ  ।

    शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका महिलाहरुको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्नु भन्ने नारा लगाएका थिए । 

    ‘हामीसँग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र  बेरोजगारी, गरीबी, भोकले सताएको छ ’ भन्ने लेखिएको प्लेकार्ड  ती महिलाहरु बोकेका थिए । तालिबान अधिकारीहरुले ती महिलालाई करिब १ घण्टा ३० मिनेटसम्म स्वतन्त्र रूपमा हिड्न दिएको एएफपी समाचार समिति जानकारी दिएको छ  । 

    तालिबान लडाकूहरुले। विदेशी पत्रकारलाई राइफल प्रहार गर्नुको साथै फोटोग्राफरलाई पछाडिबाट लात हानेका बताइएको छ । 

    प्रदर्शनकारी आयोजक मध्येकी एक जाहरा मोहम्मदीले एएफपीलाई भनिन् कि महिलाहरु जोखिमको बावजुद मार्चपास गर्दै थिए । तालिबानहरुले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिलाहरु कसैको पनि सम्मान नगरेको उनले बताएकी छिन् । केटीहरुको विद्यालय जाने अधिकारसमेत तालिबानहरु खोसेको पनि उनले बताएकी छिन् ।

    साताको लोकप्रीय