स्रोत नखुलेको ८० लाखसहित एक पक्राउ

स्रोत नखुलेको ८० लाखसहित एक पक्राउ

अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८
अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८ (अर्काइभ बाट)
  • स्रोत नखुलेको ८० लाखसहित एक पक्राउ

    काठमाडौँ / प्रहरीले स्रोत नखुलेको रु ८० लाखसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

    images
    images

    प्रहरी प्रधान कार्यालयका अनुसार गए राति मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको रु ८० लाखसहित काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका–१० का ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई गएराति पक्राउ गरेको छ ।

    लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई नियन्त्राण्मा लिएको हो । 

    उनको साथबाट बा ४९ प ८५६५ नंम्बरको स्कुटर र नगद रु ३० लाखसहित बरामद गरिएको र अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप रु ५० लाख बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

    साताको लोकप्रीय