२४ घण्टामा थपिए ५४५ कोरोना संक्रमित, ८ जनाको मृत्यु

२४ घण्टामा थपिए ५४५ कोरोना संक्रमित, ८ जनाको मृत्यु

अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८
अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८ (अर्काइभ बाट)
  • २४ घण्टामा थपिए ५४५ कोरोना संक्रमित, ८ जनाको मृत्यु

    काठमाडौँ / गत २४ घण्टामा नेपालमा थप ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ जनामा कोरोना परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

    images
    images

    यससँगै नेपालमा हालसम्म ८ लाख ७ हजार ५२२ जनामा पिसिआर र ९३ हजार ७७१ जनामा एन्टेजिन विधिबाट गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको छ । 

    त्यस्तै, २४ घण्टाको अवधिमा ७२६ संक्रमित निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण कुल ११ हजार ३२६ जनाको मृत्यु भएको छ भने ७ लाख ८४ हजार ८८१ जना निको भइसकेका छन् । 
    हाल नेपालमा ११ हजार ३१५ जना संक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९७.२ प्रतिशत रहेको छ । बितेको २४ घण्टामा २३ हजार ५६८ जनालाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइएको मन्त्रालयले जनाएको छ ।  

    साताको लोकप्रीय