सनराइज बैंक र देबयानी इन्टरनेशनलबीच सम्झौता, ग्राहकहरूलाई केएफसी र पिज्जा हन्टमा विशेष छुट 

सनराइज बैंक र देबयानी इन्टरनेशनलबीच सम्झौता, ग्राहकहरूलाई केएफसी र पिज्जा हन्टमा विशेष छुट 

अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८
अर्थ डबली
बिहिवार, कार्तिक ४ २०७८ (अर्काइभ बाट)
  • सनराइज बैंक र देबयानी इन्टरनेशनलबीच सम्झौता, ग्राहकहरूलाई केएफसी र पिज्जा हन्टमा विशेष छुट 

    काठमाडौँ / सनराइज बैंक लिमिटेडले अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुबिधा दिदैं आएको छ । 

    images
    images

    बैंकले आफ्ना ग्राहकहरूको सहजता तथा सुबिधालाई मध्यनजर गर्दै बैंकले केएफसी र पिज्जा हन्टमा विशेष छुट दिने भएको छ । 

    रेष्टुरेन्ट क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यका साथ बैंकले देबयानी इन्टरनेशनल ९नेपाल० प्रा. लि.सँग सम्झौता गरेको हो । 

    ग्राहकहरुलार्ई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल ९नेपाल० प्रा.लि को नायब महाप्रबन्धक – ९वित्त बिभाग० रितु राज शाहबीच हस्ताक्षर भएको छ । 

    सम्झौता पश्चात बैंकका ग्राहकहरुले केएफसी र पिज्जा हन्टमा खाना र बेबरेजको खरिदमा सन्राइज बैंकको के्र्रडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन् ।

    News Sunrise1.JPGग्राहकहरुले केएफसी र पिज्जा हन्टको उपत्यका भित्र र बाहिरको १७ वाट शाखाहरुबाट नै यस छुटको लाभ लिन सक्नेछन् ।

    बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरूप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रोत्साहन गर्दै आएको छ । 

    साताको लोकप्रीय