Logo
बुधवार, मंसिर २२ गते २०७८
images
मंसिर २२ गते २०७८
images

राष्ट्र बैंकको निर्देशनको स्वागत गर्दै चेम्बरले भन्यो “सिसिडी रेसियो ८५ प्रतिशत हुनुपर्छ”


२०७८ कार्तिक, ४ बिहिवार
  • 247
    SHARES

  • images
    राष्ट्र बैंकको निर्देशनको स्वागत गर्दै चेम्बरले भन्यो “सिसिडी रेसियो ८५ प्रतिशत हुनुपर्छ”

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले निक्षेपत्रको उच्च ब्याजदरमा नियन्त्रण गर्नका लागि दिएको निर्देशन स्वागतयोग्य भएको जनाएको छ । 

    बिहीबार एक विज्ञप्ति जारी गर्दै चेम्बरले निक्षेपको उच्च ब्याजदरमा नियन्त्रणको लागि परिपत्र गरेको बिषयमा नेपाल चेम्बर अफ कमर्सको ध्यानाकर्षण भएको जनाएको हो । 

    वित्तिय प्रणालीमा तरलताको अभावको समस्या चुलिएपछि बैंकहरूमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा शुरु भएकोमा सो क्रमलाई रोक्न राष्ट्र बैंकले अंकुश लगाएको हो । 

    राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार गत महिनाहरूमा दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र सस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनु पर्ने भनि दिएको  निर्देशन स्वागत योग्य रहेको चेम्बरको भनाई छ ।

    बैंक तथा वित्तीय संस्थाको सिसिडि रेसियो ८५ प्रतिशतलाई खारेज गरी सिडी रेसियो ९० प्रतिशत गरिएकोले तरलताको अभाव पर्न गई बैंकहरूको ब्याजदर समेत बढेको हुनाले तत्कालै पुरानै ब्यवस्था अनुरुप सिसिडी रेसियो यूनतम ८५ प्रतिशत कायम  हुनु पर्ने छ भन्ने चेम्बरको धारणा रहेको छ ।

     

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images