Logo
बुधवार, मंसिर २२ गते २०७८
images
मंसिर २२ गते २०७८
images

आइफोन १३ को प्रि–बुकिङ्को घोषणा : कसरी गर्ने प्रि बुकिङ ? 


२०७८ कार्तिक, ४ बिहिवार
  • 238
    SHARES

  • images
    आइफोन १३ को प्रि–बुकिङ्को घोषणा : कसरी गर्ने प्रि बुकिङ ? 

    काठमाडौँ / नेपालमा एप्पलको लागि एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले हालै आइफोन १३ सिरिजको लागि आफ्नो प्रि–बुकिङ्को घोषणा गरेको छ । 

    आइफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१ बाट आफ्नो सिपिंगको सुरूवात गर्यो र यसको वितरण नेपालमा २९ अक्टोबर २०२१ बाट सुरु हुदैछ । यो वर्ष यसको लन्च अघिल्लो वर्षको तुलनामा छिटो रहेको कम्पनीले जनाएको छ । 

    यसको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिंगको माध्यमबाट उपलब्ध हुनेछ । ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि–बुकिङ गर्न सक्नेछन् जहाँ उनीहरुले रु ३० हजारभन्दा माथिको नगदको विभिन्न अफरहरू प्राप्त गर्नेछन् ।

    यसमा थुप्रै डिस्काउन्ट कुपनहरू उनीहरुले विभिन्न स्थानबाट पाउनेछन् जसमा रोडहाउस क्याफे (१० प्रतिशत छुट), द एभरेस्ट होटल (१५ प्रतिशत छुट), बिइन्ग ह्युमन नेपाल (१० प्रतिशत छुट), भेन्चुरिनी सुज (१० प्रतिशत छुट), राइट च्वाइस नेपाल (२५ प्रतिशत अफ ), बाइकर्स मार्ट (१० प्रतिशत छूट), अर्बन फुड (१५ प्रतिशत छुट), नील डेभिडको सैलुन (१० प्रतिशत छुट), केज फिटनेस (२० प्रतिशत छुट) र अप्सन दरबारमार्गमा (५० प्रतिशतसम्मको छुट) रहेका छन् । 

    यस बाहेक यसमा एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागि १ बर्षको वारेन्टी पनि उपलब्ध रहेको छ ।

    उत्पादनहरुको तोकिएको मूल्य तल दिइएको छ र यो ग्रे बजारको वर्तमान मूल्यहरुको तुलनामा धेरै प्रतिस्पर्धात्मक रहेको छ र केहि मोडलहरूको लागि  भारतीय आरआरपी मूल्य निर्धारणको तुलनामा अधिक उचित पनि रहेको छ । 
    वर्तमान लाइनअप रहेको यसको बेस मोडल १२८ जीबीकोे साथ सम्पूर्ण १३ सिरिजको लागि शुरू गरिएको छ जुन आईफोन १२ लाइनअपको ६४ जीबी भन्दा धेरै राम्रो रहेको छ । 

    नयाँ मोडेलमा मुख्य बिशेषता भनेको यसको क्यामेरा हो जसमा एक सिनेम्याटिक मोडको सुविधा पनि रहेको छ जसले यसलाई एक प्रोफेसनल भिडियो क्यामेराको रूपमा दाबी गरेको छ – जुन ४ के भिडियोहरुकोे लागी पनि निकै उपयुक्त रहेको छ ।

    यसको अर्को ठूलो बिशेषता भनेको प्रो मोडेलमा रहेको १२० हर्ट्ज प्रो मोशन डिस्प्ले हो जुन सबै ग्राहकहरुको लागि निकै नै उपयुक्त रहेको हुन्छ । आईफोनमा रहेका नचहरु साना छन् र क्यामेरा मोड्युलहरु धेरै ठूलो छन् जसले गर्दा यसलाई अहिले सम्म कै सबै भन्दा राम्रो आईफोन एप्पल बनाएको छ । 

    आइ-फोन १३ लाई प्रि–बुकिङ् कसरी गर्न सकिन्छ ?

    - आइएमई पे एप्लिकेसन डाउनलोड गर्नुहोस्

    - आफ्नो विवरणहरु रेजिस्टर गर्नुहोस् र आफ्नो अकाउन्ट बनाउनुहोस्

    - यसको होमपेजमा रहेको “प्रि-बुक योर आइ–फोन १३ नाउ” ब्यानरमा क्लिक गर्नुहोस् 

    - आफ्नो नाम, फोन नम्बर र इमेल एड्रेस इन्टर गर्नुहोस्

    - तपाइँको पहुँचको लागि सबैभन्दा नजिक रहेको ठाउँ अनुसार ड्रपडाउन लिस्टको सूचीबाट खुद्रा विव्रmेताहरुको चयन गर्नुहोस्

    - रु ९ हजार ९९९ को प्रि–बुकिंग मूल्यलाई कन्फर्म गर्नुहोस् र आइएमई पे एपबाट पैँसा तिर्नुहोस् 

    तपाइँले आफ्नो आइ–फोन १३ कहिले प्राप्त गर्नुहुन्छ?

    यसको वितरण अक्टोबर २९ बाट सुरु हुनेछ तर सीमित स्टक मात्र उपलब्ध भएको कारण जसले पहिले प्रि बुकिङ गर्नेछन् उनीहरूले सबैभन्दा सुरुमा नै  नै सबैभन्दा सुरुमा आफ्नो आइ-फोन प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

    तपाइँले थप गरिएको फ्रिबिजको बारेमा बुझ्न ड्रपडाउन सूचीबाट छनोट गरेको खुद्रा विक्रेतालाई सम्पर्क गर्न सकिने साथै आफ्नोे आईफोन प्राप्त गर्ने समयको बारे पनि जानकारी पाउन सक्ने कम्पनीले जानकारी दिएको छ । 

    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images