धानबाली स्याहार्न आधुनिक मेसिनको अभाव

धानबाली स्याहार्न आधुनिक मेसिनको अभाव

अर्थ डबली
शुक्रवार, मंसिर ३ २०७८
अर्थ डबली
शुक्रवार, मंसिर ३ २०७८ (अर्काइभ बाट)
  • धानबाली स्याहार्न आधुनिक मेसिनको अभाव

    पाल्पा / पाल्पामा धानबाली स्याहार्न आधुनिक मेसिनको अभाव भएको छ । पाकेको धानबाली काट्नुपर्ने, सुकाउन, पराल र धानबाली छुट्टयाउन अझै परम्परागत रुपमा स्याहार्नुपर्ने बाध्यता छ । प्रविधिको अभावमा जनशक्तिको परिचालन गर्नुपर्ने समस्याले आर्थिकरुपमा बोझिलो समेत बनेको छ ।  

    images
    images
    images

    आधुनिक प्रविधिको अभावसँगै अर्मपर्म गर्नुपर्छ । अर्मपर्म गर्दा आर्थिकरुपमा बोझिलो हुँदा उत्पादनअनुसार प्रतिफल प्राप्तिमा समस्या हुन्छ । सरकारको सहयोगमा अभावमा अझै पनि परम्परागत शैलीमा उत्पादन गर्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ ।

    तानसेन नगरपालिका–१४ अर्गलीकी विमला सुनार चार रोपनी खेतमा धानबाली उत्पादन गर्छन् । दसैँ तिहार सकिएपछि किसान पाकेको धानबाली घरमा भित्र्याउने चटारोमा छन् । 

     धानबाली स्याहार्न आधुनिक मेसिनको अभावले खेताला परिचान गरी किसानले धानबाली काट्न, सुकाउन, पराल र धान छुटाउन अझै परम्परागत शैली अपनाउनुपर्ने बाध्यता रहेको उनले बताए। 

    त्यसैले आधुनिक मेसिनको अभाव भएपछि यहाँका महिलाले एकापसमा सहयोगी भावनाका साथ अर्मपर्म गरी अन्नबाली भित्र्याउने चलन अझै कायम नै रहेको स्थानीय लक्ष्मी श्रेष्ठले बताए। 

     श्रेष्ठका अनुसार परम्परागत शैलीमा धानबाली स्याहार्न बढी खर्चिलो हुन गरेको छ । सोही स्थानकी पार्वती भट्टराईका अनुसार आधुनिक रुपमा धानबाली उत्पादन प्रणालीको प्रयोग हुन सकेको अवस्थामा उत्पादन वृद्धि र काम गर्न सहज हुने छ । परम्परागत उत्पादन प्रणालीमा मानवीय जनशक्तिको प्रयोग गर्दा मेहनत र खर्च बढी हुन्छ । 

     कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य छ तर, सरकारको लक्ष्यअनुसार पाल्पाका ग्रामीण क्षेत्रमा आधुनिक मेसिनको प्रयोग धानबाली काट्न देखिएको छैन ।

    साना खेतका गह्रा भएकाले ठूला मेसिनको अभावले किसानले अझै परम्परागत शैलीमा काम गर्न बाध्य बनेका छन् । कृषि उत्पादनमा यान्त्रीकरणले काम छिटोछरितो रुपमा सम्पादन गर्न सहजता र उत्पादनमा वृद्धि ल्याएको छ ।

      किसानको मागका आधारमा अनुदानमा आधुनिक कृषि यान्त्रीकरण, बीउलगायतका क्षेत्रमा स्थानीय सरकारले सहयोग गर्दै आएको तानसेन नगरपालिका–१४ का वडाध्यक्ष कमल रानाले बताए ।

    स्थानीय सरकारले कृषि उत्पादन वृद्धि गर्न हाते ट्याक्टर, खाडल खन्ने मेसिन, घाँस काट्ने मेसिनलगायतको सहयोग गर्दै आएको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । जिल्लामा आठ हजार ८४० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।

    बेमौसमी वर्षाले पाल्पामा रु तीन करोड ४० लाख बराबरको धानबाली क्षति भएको छ । कात्तिकमा परेको वर्षाको कारण तिनाउ गाउँपालिकामा धानबाली बढी मात्रामा क्षति भएको हो । सो क्षेत्रमा चार सय १५ किसानको दुई हजार ४७७ रोपनी क्षेत्रफलको धान नोक्सान भएको छ । 

    एक हजार २७६ किसानको धानबालीमा क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा १३ हजार ९२१ क्विन्टल धान नोक्सानी भएको  थियो । 

    साताको लोकप्रीय