काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणाली छैन।
हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ ।
दिउँसो : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एकदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एकदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।