कुमारी बैंक लिमिटेडद्वारा मेलम्ची क्षेत्रका बाढी पिडितलाई सहयोग

कुमारी बैंक लिमिटेडद्वारा मेलम्ची क्षेत्रका बाढी पिडितलाई सहयोग

अर्थ डबली
आइतवार, असार ६ २०७८
अर्थ डबली
आइतवार, असार ६ २०७८ (अर्काइभ बाट)
  • कुमारी बैंक लिमिटेडद्वारा मेलम्ची क्षेत्रका बाढी पिडितलाई सहयोग

    काठमाडौँ / कुमारी बैंक कुमारी बैंक लिमिटेडले बाढी पीडितका लागि सहयोग गरेको छ । बैंकले विपतमा आत्मबललाई उच्च राखी विपतसँग सामना गर्नुपर्ने अवस्था रहेको र विपतमा गरिने सानो सहयोगले पनि पीडितजनलाई ठूलो राहत हुने भएकोले बैंकले उक्त सहयोग प्रदान गरेको हो । 

    images
    images

    बैंकले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रमा बाढी र पहिरोले प्रभावित जन समुदायलाई सहयोग स्वरुप पीडितजन समुदायकालागि ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिलाहरू तथा शिशुहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीका साथै अत्यावश्यक औषधीहरू प्रदान गरेको जनाएको छ । 

    केही दिन देखिको लगातार वर्षाको कारण देशको विभिन्न भागमा बाढी–पहिरोले पु¥याएको जनधनको क्षति एवं विनाशका कारण स्तब्ध बैंकले उक्त राहत सामाग्री मेलम्ची शाखाका शाखा प्रमुख बिनोद भक्त श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याललाई हस्तान्तरण गरेको हो ।  

    कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण तथा सम्पदा लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

     

    साताको लोकप्रीय