ग्लोबल आइएमई बैंकको नयाँ ललितपुरको मंगलबजारमा, शाखा संख्या २८२ पुग्यो 

ग्लोबल आइएमई बैंकको नयाँ ललितपुरको मंगलबजारमा, शाखा संख्या २८२ पुग्यो 

अर्थ डबली
आइतवार, कार्तिक ७ २०७८
अर्थ डबली
आइतवार, कार्तिक ७ २०७८ (अर्काइभ बाट)
  • ग्लोबल आइएमई बैंकको नयाँ ललितपुरको मंगलबजारमा, शाखा संख्या २८२ पुग्यो 

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले कार्तिक ७ गते आइतबारदेखि नयाँ शाखा विस्तार गरेको छ । बैंकले ललितपुर जिल्ला ललितपुर महानगरपालिका –१६, मगंल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

    images
    images

    नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८२ पुगेको छ ।

    ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट २६ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । 

    बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

     

    साताको लोकप्रीय