अमलाले बनाउँछ हाम्रो स्वास्थ्यलाई फाइदा के के छन् ?

अमलाले बनाउँछ हाम्रो स्वास्थ्यलाई फाइदा के के छन् ?

अर्थ डबली
आइतवार, कार्तिक ७ २०७८
अर्थ डबली
आइतवार, कार्तिक ७ २०७८ (अर्काइभ बाट)
  • अमलाले बनाउँछ हाम्रो स्वास्थ्यलाई फाइदा के के छन् ?

    अमलाको सिजन शुरु भएको छ । स्वास्थ्यका दृष्टिकोणले अमलालाई एकदमै लाभदायी फलका रूपमा लिइन्छ । अमिलो खान मन पर्ने मानिसका लागि यो एकदमै प्यारो फल हो । अमला भिटामिन सीको ठूलो स्रोत हो । 

    images
    images

    यसलाई घरायसी औषधिका साथै आयुर्वेदमा पनि औषधिका रूपमा प्रयोग गरिन्छ । अमला सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्दछ । भिटामिन सी शरीरका लागि अत्यावश्यक चिज हो । 

    जसको कमीका कारण स्कर्भी, छालाको रोग, रक्तनली र मुटुको रोग लाग्ने सम्भावना हुन्छ । अमलाले भिटामिन सीको परिपूर्ति गर्छ । यसलाई भिटामिन सीको भण्डार नै मानिन्छ ।

    महिलामा हुने सेतो पानी बग्ने समस्याबाट छुटकारा पाउन अमलाको सेवन गर्नु एकदमै उत्तम हुन्छ । 

    अमलाको ३ देखि ५ ग्राम धुलोलाई एक चम्चा महमा मिलाएर खाँदा समस्या केही हदसम्म कम हुन्छ । 

    यसले पेट दुख्ने समस्याका लागि फाइदा पुर्याउँछ । अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई दैनिक प्रयोग गर्ने हो भने कब्जियत हुनबाट बचाउँछ । 

    यस्तै, सुकेको अमलामा हर्रो र बर्रोको धुलो नियमित रूपमा पानीसँग मिसाएर खाँदा आउँ, अपच भएकालाई फाइदा हुन्छ । 

    अमलाको चुर्णलाई पानीमा उमालेर कुल्ला गर्नाले दाँत बलियो हुनुका साथै चम्किलो पनि देखिन्छ । यो नियमित रूपमा खानाले शरीर बलियो फूर्तिलो समेत हुन्छ ।

    साताको लोकप्रीय