मुक्तिनाथ विकास बैंक ग्लोबल एसएमई अवार्डद्वारा सम्मानित

मुक्तिनाथ विकास बैंक ग्लोबल एसएमई अवार्डद्वारा सम्मानित

अर्थ डबली
सोमवार, कार्तिक ८ २०७८
अर्थ डबली
सोमवार, कार्तिक ८ २०७८ (अर्काइभ बाट)
  • मुक्तिनाथ विकास बैंक ग्लोबल एसएमई अवार्डद्वारा सम्मानित

    काठमाडौँ / मुक्तिनाथ विकास बैंक विकास बैंक ग्लोबल एसएमई अवार्ड २०२१बाट सम्मानित भएको छ । 

    images
    images

    विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा एसएमई फाइनान्स फोरमद्वारा आयोजित जी ट्वेन्टी ग्लोबल पार्टनरसिप फर फाइनान्सियल इनक्लुजन (जीपीएफआई)बैंक सम्मानित भएको हो ।

    बैंकले साना तथा लघुवित्त क्षेत्रमा गरेको लगानी प्रतिफलस्वरूप सम्मान पाएको हो ।

    कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरका विभिन्न संघ–संस्था प्रतिस्पर्धामा सहभागी थिए । साना तथा लघुवित्त क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई ‘एसएमई फाइनान्सियर अफ द इयर एशिया’ विधामा सम्मानित गरिएको छ ।

    यो सम्मानले भविष्यमा साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्न उत्साहित बनाएको बैंकले बताएको छ ।

    बैंक यसअघि युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०बाटसमेत भएको थियो। बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न आफ्नो एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    साताको लोकप्रीय