बीरे नुन : मुटु र मिर्गौला रोग लाग्ने सम्भावना पनि कम हुने, अन्य फाइदा केके छन् ? 

बीरे नुन : मुटु र मिर्गौला रोग लाग्ने सम्भावना पनि कम हुने, अन्य फाइदा केके छन् ? 

अर्थ डबली
शुक्रवार, कार्तिक १२ २०७८
अर्थ डबली
शुक्रवार, कार्तिक १२ २०७८ (अर्काइभ बाट)
  • बीरे नुन : मुटु र मिर्गौला रोग लाग्ने सम्भावना पनि कम हुने, अन्य फाइदा केके छन् ? 

    नेपाली बोलीचालीमा बीरे नुन भनिने कालो नुनलाई घरेलु औषधीको रुपमा प्रयोग गर्ने चलन पूरानै हो । पेट दुख्दा या ग्याष्ट्रिक हुँदा यसको प्रयोग गर्ने गरिएको छ । यसमा आइरन, सल्फ्युरसजस्ता कयौं खनिज पदार्थ पाइन्छ । 

    images
    images

    यसमा सेतो नुनको तुलनामा सोडियमको मात्रा पनि कम हुन्छ । यसैले यसले शरीरमा सोडियमको स्तर बढाउँदैंन । जानौं सिधे नुनका फाइदा 

    १. जोर्नी दुख्दा मांसपेशी र जोर्नी दुख्दा बीरे नुनले सेक्ने हो भने निको हुन्छ । यसका लागि एउटा कपडामा थोरै नुन बाँध्नुपर्छ । यसलाई तातो बनाएर दुखेको ठाउँमा दिनको दुईपटक सेक्ने हो भने तत्काल राहत मिल्छ । 

    २. अपच हुँदा पेटका हरेक समस्यामा बीरे नुन अर्थात् कालो नुन लाभदायी हुन्छ । यसले मुखको ग्रन्थी सक्रिय बनाइदिन्छ । पेटमा हाइड्रोक्लोरिक एसिड र प्रोटीनलाई पचाउने इन्जाइम बढाउन मद्धत गर्छ । अपच, कब्जियत, एसिडीटीमा एक गिलास पानीमा कागतीको रससंगै यो नुन हालेर पिउनाले राहत मिल्छ ।

    ३. तौल घटाउन उपयोगी कालो नुनले तौल घटाउन पनि मद्धत गर्छ । शरीरमा पाचन प्रक्रिया ठीक हुन्छ भने खानामा भएको पोषक तत्व शरीरले राम्ररी लिन पाउछ । स्वादिलो हुने भएकाले यो नुन निरन्तर प्रयोग गर्न सकिन्छ । त्यसका लागि एक गिलास पानीमा एउटा कागती निचोरेर हाल्ने र स्वाद अनुसारको नुन मिसाउन सकिन्छ । यसले शरीरमा बोसो जम्मा हुन दिँदैंन । गर्मीका बेला तिर्खा लाग्दा दिनको तीन चारपटक कालो नुन खान सकिन्छ । 

    ४. मधुमेहमा लाभकारी कालो नुनमा सोडियम कम हुन्छ । यसले ब्लड सुगरलाई नियन्त्रित गर्छ । यसैले मधुमेहका बिरामीका लागि कालो नुन उपयोगी हुन्छ । मधुमेह सुरुवाती अवस्थामा छ भने त कालो नुनको प्रयोगले ठीक पनि हुन सक्छ । सोडियम कम हुने भएकाले मुटु र मिर्गौला रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

    ५. भोक बढाउँछ कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन ।

    साताको लोकप्रीय