सफलताका लागि १० सुत्र, जसले बदल्नेछ तपाईको जीवन 

सफलताका लागि १० सुत्र, जसले बदल्नेछ तपाईको जीवन 

अर्थ डबली
शुक्रवार, कार्तिक १२ २०७८
अर्थ डबली
शुक्रवार, कार्तिक १२ २०७८ (अर्काइभ बाट)
  • सफलताका लागि १० सुत्र, जसले बदल्नेछ तपाईको जीवन 

    सफलताका लागि पैसा भए मात्रै हुँदैन । त्यसका लागि उक्त कामप्रतिको लगाव, साथ, सहयोग, मोटिभेसनआदिको पनि आवश्यकता पर्दछ । मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्दछ । त्यस्तै, आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् । यसैगरी सधैँभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् । अन्य सुत्रहरू पढ्नुस् विस्तृतमा 

    images
    images

    १. आफ्नो लक्ष्य निर्धारण गर्नुहोस र सधै त्यसमा कटिबद्ध भएर लाग्नुहोस् ।

    २. डरलाई सधैभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने

    ३. भावनालाई आजैदेखी टाढा राख्नुहोस् ।

    ४. धैर्यशील रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।

    ५. धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।

    Bire nun.JPG

    ६. सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् ।

    ७. सफल व्यक्तिको जिवनीबाट पाइने एउटा ज्ञान भनेको स्याक्रिफाइज हो । त्यसैले केही ठूलो पाउन ससाना कुरा  गुमाउनपर्छ भने नडराउनु होस् । त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् ।

    ८. आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहनुहोस् । यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।

    ९. लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् ।

    १०. यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।

     

    साताको लोकप्रीय