स्पेनिस ला लिगा : ग्रानाडाको सहज जित

स्पेनिस ला लिगा : ग्रानाडाको सहज जित

अर्थ डबली
मंगलवार, कार्तिक १६ २०७८
अर्थ डबली
मंगलवार, कार्तिक १६ २०७८ (अर्काइभ बाट)
  • स्पेनिस ला लिगा : ग्रानाडाको सहज जित

    म्याड्रिड / ग्रानाडाले स्पेनिस ला लिगामा लिभान्तेमाथि सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा ग्रानाडाले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई उसैको मैदानमा ३-० गोलले स्तब्ध बनायो ।

    images
    images

    पाहुना टोली ग्रानाडालाई जिताउन जर्मन सान्चेज, लुइस स्वारेज र एन्टोनियो पुयर्तासले गोल गरे । सान्चेजले सातौं मिनेटमा रुवेन रोचिनाको पासमा खाता खोलेका थिए । स्वारेजले ३८औं मिनेटमा गोल गर्दै ग्रानाडाको अग्रता दोब्बर बनाए । ६९औं मिनेटमा पुयर्तासले डिबक्स छेउबाट गोल गर्दै ग्रानाडालाई सहज जित दिलाए ।

    ५२ प्रतिशत बल पोसेसन राखेको ग्रानाडाले खेलभर १२ वटा पोस्ट प्रहार गरेको थियो । लिभान्तेले औसत बल पोसेसन राखेपनि गोल फर्काउन सकेन । ग्रानाडाका जर्मन सान्चेज ‘म्यान अफ दी म्याच’ भए । जितसँगै ग्रानाडा १४औं स्थानमा उक्लिएको छ । ग्रानाडाले ११ खेलबाट ११ नै अंक बनाएको छ । पराजित लिभान्ते रेलिगेसनको दबाबमा छ । १२ खेल सकेको लिभान्तेको ६ अंक छ । 

    सोमबार रातिनै भएको अर्को खेलमा रायो भालेकानो र सेल्टा भिगोले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । रायो भालेकानोको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए ।

    बराबरीसँगै रायो भालेकानो छैटौं स्थानमा उक्लिएको छ । १२ खेल सकेको रायो भालेकानोको २० अंक छ । ११ अंक बनाएको सेल्टा भिगो १५औं स्थानमा छ । शीर्ष स्थानमा रहेको रियल सोसिडाडको १२ खेलबाट २५ अंक छ । एक खेल कम खेलेको रियल म्याड्रिड र सेभिया २४ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।

    विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

    ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

    साताको लोकप्रीय