जति घुमे पनि धित नमर्ने ढोरपाटन 

जति घुमे पनि धित नमर्ने ढोरपाटन 

अर्थ डबली
बुधवार, कार्तिक २४ २०७८
अर्थ डबली
बुधवार, कार्तिक २४ २०७८ (अर्काइभ बाट)
  • जति घुमे पनि धित नमर्ने  ढोरपाटन 

    नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । 

    images
    images

    दसैँ, तिहारका समयमा सो स्थान  घुम्ने पर्यटकमा वृद्धि हो । ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो सिकारयाम चलिरहेको छ तर सिकार खेल्न विदेशी पर्यटक सोझै हिमाली क्षेत्रमा पुग्ने भए पनि आन्तरिक पर्यटक सिकार आरक्ष क्षेत्र कार्यालयस्थित ढोरपाटन उपत्यका, ढोरबारही मन्दिरलगायतका रमणीय क्षेत्रको अवलोकनका लागि त्यहाँ पुगेका छन् । 

    ढोरपाटनमा सडकको सहज पहुँच, होटल, सामुदायिक घरबास र सञ्चार सुविधा पुगेसँगै थप आकर्षण बढ्न थालेको हो । 

    यस वर्ष ढोरपाटनमा आन्तरिक पर्यटकको आगमन धेरै भएको स्थानीयवासी गगन पुनले बताए । 

    उनले भने, “कोरोनाका कारण केही शिथिल बनेको ढोरपाटनको पर्यटन यस वर्ष निकै बढेको छ ।” विशेषगरी बागलुङ, पर्वत, प्यूठान, गुल्मी, रुपन्देहीलगायतका स्थानबाट ढोरपाटन बढी आउने गरेको उनको भनाइ छ ।

     “यस वर्ष त आन्तरिक पर्यटक राम्रै आएका छन्, दैनिक २०० भन्दा बढी पर्यटक ढोरपाटनमा आएको मैले पाएको छु, कोही गाडी लिएर आउँछन्, कोही मोटरसाइकल लिएर आउँछन्”, उनले भने, “सडकको सुविधा भएर पनि होला, पहिलेजस्तो पैदल हिँड्न परेन, गाडी ढोरपाटनको सबै ठाउँ पुग्छ ।”

    पर्यटकको आमगन बढेसँगै ढोरपाटनमा व्यापार–व्यवसाय पनि फस्टाउन थालेको छ । 

    forex nepal.JPG

    उनले ढोरपाटनमा उत्पादन हुने आलु, स्याउ, सिमीलगायतका उत्पादित वस्तुले समेत उचित मूल्य पाउन थालेको जनाउँदै ढोरपाटनवासी पनि अब व्यवसायसँग जोडिन थालेका छन् ।

     यसपटकको बिदाको समयमा पारिवारिक भ्रमणको गन्तव्य ढोरपाटन रोजेको बागलुङका अधिवक्ता राम शर्माले बताउनुभयो । 

    उहाँसहित आठ जनाको समूह तीनदिने ढोरपाटन भ्रमण सकेर मङ्गलबार बागलुङ फर्किएको छ । 

    “पाँचौँपटक ढोरपाटन पुगे, यसपटक परिवार सबैलाई लिएर गएको थियो, होटल भरिभराउ भएको पाइयो, दैनिक चार÷पाँच सय पर्यटक ढोरपान पुगेको देखियो”, उनले भने, “पुगे पनि धित मर्दैन ढोरपाटनमा पछिल्लो समय सेवा सुविधा वृद्धि भएर होला पर्यटक राम्रै पुगेको पाइयो ।” 

    forex nepal.JPG

    पर्यटकको बाक्लो उपस्थिति रहेकोे ढोरपाटन भ्याली होटलका सञ्चालक गङ्गा भण्डारीले बताए । 

    पछिल्लो समय ढोरपाटन क्षेत्रमा होटल तथा घरबासको सङ्ख्यामा वृद्धि हुँदै आएको स्थानीयवासी गौमती पुनले बताए । 

    साताको लोकप्रीय