टाटा मोटर्स शुभकामना सर्भिस क्याम्प : विशेष छुट र उपहार पनि पाइने 

टाटा मोटर्स शुभकामना सर्भिस क्याम्प : विशेष छुट र उपहार पनि पाइने 

अर्थ डबली
बुधवार, असोज ६ २०७८
अर्थ डबली
बुधवार, असोज ६ २०७८ (अर्काइभ बाट)
  • टाटा मोटर्स शुभकामना सर्भिस क्याम्प : विशेष छुट र उपहार पनि पाइने 

    काठमाडौँ / टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा मोटर्स शुभकामना सर्भिस क्याम्प’ सञ्चालन गरेको छ । 

    images
    images

    कम्पनीले दसैँको शुभकामनाको साथमा विशेष छुटका साथै सेवाग्राहीलाई उपहारसमेत उपलब्ध गराउने गरी उक्त क्याम्प सञ्चालन गरेको हो । 

    असोज ४ देखी सोज २० गतेसम्म सिप्रदीको ५२ वटा सर्भिस सेन्टरहरूमा एकैसाथ सञ्चालन भइरहेको उक्त क्याम्प सम्पूर्ण टाटा कमर्सियल गाडीहरुलाई लक्षित गरिएको कम्पनीले जनाएको छ ।


    उक्त अवधिभर टाटा कमर्सियल गाडीका ग्राहकहरुले टाटा जेन्यूइन स्पेयर पार्टस्मा  १० प्रतिशत छुट, ब्रेक आइटममा १५ प्रतिशत छुट, लुब्रिकेन्टस्मा १५ प्रतिशत छुट तथा अन्य लुब्रिकेन्टस्हरुमा हाइड्रोलिक आयल, ब्रेक आयल, क्लचआयल, कुलेन्ट तथा डीईएफमा २० प्रतिशत छुट, एक्साइड ब्याट्रीमा २० प्रतिशत छुटको साथमा एक्सचेन्ज सुविधा प्राप्त गर्नेछन् । 


    साथै सो क्याम्पमा टाटा गाडी सम्बन्धि अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम तथा भाग्यशाली ग्राहकहरुले बम्पर पुरस्कारमा स्मार्ट मोबाइल, स्मार्ट टीभी, फ्रीज, वासिङ्ग मेशिन आदि जित्ने सुर्वण अवसर रहेको कम्पनीले जनाएको छ । 


    क्याम्पमा लामो समयदेखि चल्न नपाएका लामो दुरीका बस तथा स्कुल बसहरूको विशेष चेक जाँच गरी दिने व्यवस्था पनि रहेको कम्पनीको जानकारी दिएको छ ।

    साताको लोकप्रीय