काठमाडौं नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमकोे आयोजना गर्ने भएको छ ।
कार्यक्रम यहि मंसिर ०३ देखि ०७ गतेसम्म (१९ नोभेम्वरदेखि २३ नोभेम्वर, २०२१) सम्म नेपालभरि रहेका टाटा मोटर्सको सोरुमहरुमा हुँदैछ ।
कार्यक्रमको आकर्षण केके छन् ?
ग्राहक महानुभावहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।
एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन हुने कम्पनीको दावी छ ।संगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ ।
फाईनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेका छन ।
कार्यक्रमको अवसरमा टाटा मोटर्सको आधुनिक सोरुममा पुगेर नयाँ गाडी खरिद गर्न सकिन्छ ।
कार्यक्रमको जानकारीका लागि नजिकको टाटा मोटर्स्को शोरुममा सम्पर्क गर्न सकिनेछ ।