मोबाइल नम्बर ९८ होइन अब ९७ बाट सुरू !, टेलिकमले किन फेर्यो जिएसएम मोबाइल नम्बर

मोबाइल नम्बर ९८ होइन अब ९७ बाट सुरू !, टेलिकमले किन फेर्यो जिएसएम मोबाइल नम्बर

अर्थ डबली
बिहिवार, मंसिर २ २०७८
अर्थ डबली
बिहिवार, मंसिर २ २०७८ (अर्काइभ बाट)
  • मोबाइल नम्बर ९८ होइन अब ९७ बाट सुरू !, टेलिकमले किन फेर्यो जिएसएम मोबाइल नम्बर

    काठमाडौं/  नेपाल टेलिकमका मोबाइलको नम्बर अबदेखि नयाँ अंकबाट सुरू हुने भएको छ । अहिलेसम्म जिएसएम नम्बरहरु ९८ को अंकबाट शुरु भएको थियो । तर, अब ९७ बाट हुने भएको छ । 

    images
    images

    टेलिकमले आफ्नो जिएसएम (ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन) मोबाइल सेवामा नयाँ अंक वितरण गर्ने भएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले दिएको अनुमति अनुसार जिएसएममा ९७ श्रृंखला प्रयोगमा आउन थालेको उनले बताए । 
    ९८ को अंक अहिलेसम्म जिएसएमको चर्चित लाइन हो । 
     यहि साउनदेखि सिडिएमए प्रविधि बन्द गर्ने तयारीमा रहेको टेलिकमले सिडिएमएबाट जिएसएममा रूपान्तरण हुन ग्राहकलाई प्रोत्साहित गरिरहेको छ। 

     हाल सिडिएमएका ग्राहक करिब चार लाख ३८ हजार छन्। यी सबैलाई जिएसएममा लैजाने योजना टेलिकमको छ।

    अंक योजनाका आधारमा ९७४, ९७५ र ९७६ मध्ये ९७६ वितरण गरिरहेका छौं,ु जोशीले भने।

    पहिले जिएसएमका लागि ९८४, ९८५, ९८६ गरी तीन श्रृ‌ंखलामा नम्बर वितरण भइरहेको थियो।  मोबाइल सेवा प्रदायक कम्पनीहरु मध्येक ठूलो नेपाल टेलिकमले अबदेखि मोबाइल नम्बर परिवर्तन गरी ९७ को लाइन शुरु  गरेको हो । अब ९७६ उपलब्ध भएको छ तर ९८ का पूरै सकिएर पठाएको भन्न होइन । स्टकमा रहेका ९८ का केही खाली नम्बर छन् भने पाइन्छ। त्योसहित ९७६ वितरणमा जान्छ।

    नेपाल टेलिकम ९१.४९ प्रतिशत सरकारी साझेदारीको साथ सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक हो। 

    २०३२ सालमा स्थापना भएको नेपाल दूरसञ्चार संस्थानको रूपमा भएपनि २०६० माघ २२ गते यो नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो। 

    २०६१ बैशाखदेखि नेपाल टेलिकम भन्न थालिएको थियो। 

    बदलिदो समय अनुसार टेलिकमले आफ्नो व्यवसायमा परिवर्तन गर्दै आइरहेको छ । 

    यसले देशभरमा पि.एस.टी.एन., सिडीएमए, लगायतका आधारभूत टेलिफोन र जिएसएम र सिडीएमए जस्ता मोवाइल सेवा प्रदान गर्ने गरेको छ।

    यस्तै, टेलिकमले इन्टरनेट सेवामा डायल–अप आइएसडीएन लिज्ड एडीएसएल इन्टरनेट र स्काई डाटा मार्फत वायरलेस इन्टरनेट प्रदान गर्ने गर्दछ। 

     

     

    साताको लोकप्रीय