टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडीहरू अब नेपालमा, यस्ता छन् विशेषताहरू

टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडीहरू अब नेपालमा, यस्ता छन् विशेषताहरू

अर्थ डबली
बुधवार, फागुन २६ २०७७
अर्थ डबली
बुधवार, फागुन २६ २०७७ (अर्काइभ बाट)
  • टाटा मोटर्सको नयाँ फरएभर रेन्जका गाडीहरू  अब नेपालमा, यस्ता छन् विशेषताहरू

    काठमाडौँ / टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले फरेवर रेन्जअन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरू नेपाली बजारमा ल्याएको छ । 

    images
    images

    आज राजधानीमा एक भब्य कार्यक्रम गरी कम्पनीले टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ – बि एस सिक्स प्रविधिले सम्पन्न उक्त गाडीहरु सार्वजनिक गरेको हो । 

    यससँगै टाटा कंम्पनी उक्त इन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ ।

    यीनीहरुको बनावट अत्यन्तै सुन्दर छ, किनकी यो टाटाको इम्प्याक्ट २.० डिजाईन ल्याङ्ग्वेज अनुसार तयार पारिएकोे छ । बदलिदो समयको माग अनुसार पुनः डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको छ ।  

    उक्त सार्वजनिक कार्यक्रममा बोल्नुहुदै टाटा मोटर्स् इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेहिकल्स्) मायकं बाल्डीले भने “टाटा मोटर्स्का बिबिध रेन्जका गाडीहरु नेपाली ग्राहकहरुले लामो समय देखि अत्यन्त रुचाईरहनुभएको छ र यसैक्रममा टाटाका नयाँ जेनेरेशनका प्यासेन्जर गाडीहरु सार्वजनिक गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ । डिजाईन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तिन आधारहरु हुन् । ”

    “यसै सन्दर्भमा इम्प्याक्ट २.० डिजाईनमा निर्मित बि.एस. सिक्स रेन्जका गाडीहरूमा पनि डिजाइन, सुरक्षा र आरामको लागि उच्चस्तरिय बिशेषताहरु छन् । यसैले यी गाडीहरूले हाम्रो ग्राहकहरूको मन जित्न सफल हुने बिश्वास हामीले लिएका छौं ।”

    यसैगरी सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने “ बि. एस. सिक्स रेन्जका अत्याधुनिक बिशेषतायुक्त गाडीहरू आफ्नो श्रेणिका अन्य गाडीहरु भन्दा संरचनागत र प्राविधिक दुबै दृष्टीकोणले अगाडी रहेका छन् । यिनीहरुले नेपाली उपभोक्ताहरुको बदलिंदो आवश्यकता र अपेक्षालाई पुरा गरी नेपाली बजारको ठुलो हिस्सा ओगट्न सफल हुने विश्वास लिएका छौं ।   

    १. नयाँ टियागो 
    १२०० सि.सि.इन्जिन क्षमताको नयाँ टियागो को बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएकोे छ ।  

    २. नयाँ टिगोर 
    १२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ । 

    ३. नयाँ नेक्सन 
    १२०० सि.सि. ईन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा (IRA) जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो । 

    इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाँ बिशिष्ट बिशेषताहरु भएको नेक्सन ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । 

    ४. नयाँ अलट्रोज 
    १२०० सि.सि. इन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पुर्ण बनावट अल्फा (ALFA) वास्तुकलामा आधारित छ ।

    नेक्सनमा जस्तै आईआरए  प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्याप मार्फत प्रमाणित भैसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ  ।

    यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध रहेको छ । 

    ५. नयाँ एच फाईभ 
    २००० सि.सि. ईन्जिन क्षमता भएको एच फाईभको सम्पुर्ण बनावट बिशिष्ट OMEGARC वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टीकोणले यो गाडी अतुलनीय भएको कम्पनिले जनाएको छ । 
    एच फाईभ बिभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध रहेको छ । 

    साताको लोकप्रीय