नेपालका विभिन्न स्थानहरूमा महिन्द्राको २ एस सर्भिस सेन्टर सञ्चालन गरिदैँ

नेपालका विभिन्न स्थानहरूमा महिन्द्राको २ एस सर्भिस सेन्टर सञ्चालन गरिदैँ

अर्थ डबली
शुक्रवार, मंसिर ३ २०७८
अर्थ डबली
शुक्रवार, मंसिर ३ २०७८ (अर्काइभ बाट)
  • नेपालका विभिन्न स्थानहरूमा महिन्द्राको २ एस सर्भिस सेन्टर सञ्चालन गरिदैँ

    काठमाडौँ / महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालिले हालै तीन नयाँ सव–डिलरहरू सञ्चालनमा ल्याएको छ । कम्पनीले उक्त तीन नयाँ २एस सव–डिलरहरु आफ्नो आधिकारिक ३एस डिलर लोक शुसिला अटो कन्शर्नको मातहतमा सञ्चालनमा ल्याएको हो ।

    images
    images

    ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना सेवा विस्तार गर्ने उद्देश्यका साथ बालाजु अटो वर्कशले दर्शन मल्टी अटो भिलेज एन्ड वर्कशप, कपिलवस्तु; मैनाबगर अटोल्यान्ड, मैनाबगर र रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयर, पाल्पा सञ्चालनमा ल्याउने भएको छ । 

    मैनाबगर अटोल्यान्डको उद्घाटन मुख्यमन्त्री कुलप्रसाद के. सी. तथा अग्नी ग्रुपका एक्जुकेटिभ डाइरेक्टर अर्जुनप्रसाद शर्माले यही मंसिर २ गते उद्घाटन गरेको कम्पनीले जानकारी दिएको छ । 

    यस्तै, दर्शन मल्टी अटो भिलेज एन्ड वर्कशपको पनि सोही दिन बालाजु अटो वर्कशका स्पेयर हेड तथा स्टाफका साथ सामूहिक उद्घाटन गरेको थियो । 

    “हाम्रो नेटवर्क विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै यी सव–डिलरहरु संचालनमा ल्याएका छौँ र आगामी दिनहरुमा अझ विस्तारित सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदछौँ ।” महिन्द्राका लागि प्रदेश ५, ६ र ७ का प्रोभिन्स म्यानेजर बिजेस गयामरुले बताए । 

    यसका साथै रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयरको उद्घाटन पनि केही दिनमै हुने कम्पनीले जनाएको छ ।

    साताको लोकप्रीय