स्पेनिस ला लिगा : लिभान्तेसँग बराबरीमा रोकियो बिल्बाओ

स्पेनिस ला लिगा : लिभान्तेसँग बराबरीमा रोकियो बिल्बाओ

अर्थ डबली
शनिवार, मंसिर ४ २०७८
अर्थ डबली
शनिवार, मंसिर ४ २०७८ (अर्काइभ बाट)
  • स्पेनिस ला लिगा : लिभान्तेसँग बराबरीमा रोकियो बिल्बाओ

    म्याड्रिड / स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओ रेलिगेसनको दबाबमा रहेको लिभान्तेसँग बराबरीमा रोकिएको छ । लिभान्तेको घरेलु मैदानमा सुक्रबार राति गोलरहित बराबरी खेल्दै बिल्बाओले अंक बाँडेको हो ।

    images
    images

    प्रतिस्पर्धात्मक खेलमा लिभान्तेले ४९ प्रतिशत बल पोसेसन राख्दै १५ वटा पोस्ट प्रहार गरेको थियो । घरेलु मैदानमा पहिलो जित निकाल्ने लिभान्तेको योजनामा विल्बाओको रक्षापंक्ति बाधक बन्यो । लिभान्ते जारी लिगमा एउटै खेल नजितेको एक्लो टोली हो । यता ५१ प्रतिशत बल पोसेसन राखेको पाहुना टोली बिल्बाओले पनि गोल गर्न सकेन । बिल्बाओले सातवटा पोस्ट प्रहार गरेको थियो ।

    यस खेलसँगै लिभान्ते र बिल्बाओ जारी लिगमा सर्बाधिक बराबरी खेल्ने टोली पनि बनेका छन् । दुवै टोली सात खेलमा बराबरीमा रोकिएका छन् । लिभान्तेका रक्षक कार्लोस क्लर्क ‘म्यान अफ दी म्याच’ भए ।

    बराबरीसँगै १९ अंक बनाएको बिल्बाओ तालिकाको सातौं स्थानमा छ । १३ खेल सकेको बिल्बाओले चार जित, सात बराबर र दुई हार खेपेको छ । १४ खेलबाट सात अंक बनाएको लिभान्ते रेलिगेसनको दबाबमा छ । १९औं स्थानमा रहेको लिभान्तेले सात बराबरी र सातवटै हार खेपेको छ ।

    लिगको शीर्षस्थानमा रहेको रियल सोसिडाडले १३ खेलबाट २८ अंक बनाएको छ । सोसिडाडलाई पछ्याएको रियल म्याड्रिड र सेभियाले समान २७ अंक बनाएका छन् । रियल र सेभियाले एक खेल कम खेलेका छन् । २३ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिड चौथो स्थानमा छ ।

    विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ ।

    ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारण अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

    त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

    साताको लोकप्रीय