कस्तो कम्पनीमा शेयर लगानी गर्ने ? अर्वपति वारेन वफेटको अनुभव 

कस्तो कम्पनीमा शेयर लगानी गर्ने ? अर्वपति वारेन वफेटको अनुभव 

अर्थ डबली
बुधवार, भाद्र ९ २०७८
अर्थ डबली
बुधवार, भाद्र ९ २०७८ (अर्काइभ बाट)
  • कस्तो कम्पनीमा शेयर लगानी गर्ने ? अर्वपति वारेन वफेटको अनुभव 

    शेयर बजारका हस्ती  अर्वपति वारेन बफेट । उनलाई आजसम्म पनि यहि परिचयमा चिनिन्छन् ।  अगस्ट ३०, १९३० मा जन्मिएका उनी एक अमेरिकी अर्वपति मात्र होइनन् लगानीकर्ता तथा लोक परोपकारी व्यक्ति पनि हुन् ।

    images
    images


    वारेन एड्वार्ड बफेट एक अमेरिकी अर्वपति हुन् त हुन् उनले आफ्नो विभिन्न जीवनकालमा लगानीका सल्लाह सुझाव पनि दिएका छन् । जसले मानिसले आफ्नो आर्थिक जीवनमा कायापलट देखाउन सक्छ । उत्प्रेरक प्रेरणादायी उनका यस्ता विशेषतायुक्त भनाईहरु  हजारौ पत्रिका, अनलाई म्यागेजिन पुस्तक तथा डकुमेन्ट्री बनेका छन् । 

     
    उनले ९९ प्रतिशत ५  आफ्नो सम्पत्ति दान गरेका छन्, मुख्यतः बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनबाट । जो वर्कसायर हाथवेका अध्यक्ष र सिइओ हुन्। उनलाई विश्वको सर्वाधिक सफल लगानीकर्ता मध्ये एक मानिन्छ।

    २३, २०१९ को डिसेम्बर अनुसार उनको खुद सम्पत्ति अर्व पुगेको थियो । विश्वको चौथो सर्वाधिक धनी व्यक्ति हुनपुगेका उनी बफेट ओरेकल अफ ओमाहा अर्थात् ओमाहाको सबै भन्दा ठुलो लगानीकर्ताको रूपमा पनि चिनिन्छन ।

     

    उनले अमेरिकाको कोकाकोला, वेल्स फार्गो एण्ड कम्पनी, जिलेट, अमेरिकन एक्प्रेस, प्रोक्टर एण्ड ग्याम्बल, क्राफ्ट फूड्स जस्तो ठुलो कम्पनीहरूमा धेरै लगानी गर्ने गर्थे गरेका छन् । यी कम्पनीहरूमा ठुलो स्वामित्व कसैसंग छ भने त्यो वारेन बफेटसंग रहेको छ ।

    हो उर्न विख्यात व्यक्ति बफेटले कमाउने मात्र होइन परिवारलाई कसरी हेर्ने बचत कसरी गर्ने भन्ने विभिन्न स्थानमा आफ्नो सन्देश दिएका छन् । वफेटले लगानी गर्दा धेरै सोच विचार गर्नुपर्दैन तर, केही त्यस्ता ५ ७ वटा विषयमा नियालेर हेरे कम्पनीको यथार्थ जानकारी हुने बताएका छन् । 

    वारेन बफेटको लगानी शैलीका बारेका अध्ययन गर्नेहरुले बफेटले निम्न लिखित कुराहरुलाई ध्यान दिएको देखिन्छ । जसले उनको जीवन भब्य र सुन्दर बनेको देखिन्छ । पढ्नुस् तपाईलाई पनि यस्ता विषयहरु अझै प्रेरणादायी हुनसक्छ । यो आर्टिकल विभिन्न एजेन्सी, गुगल तथा उनी सम्बन्धी लेखिएका पुस्तकहरुबाट समुष्ट तयार पारिएको हो । 


    १. सेयर इक्विटीबाट आउने फाईदा दर उचित छ / छैन

    लगानीकर्ता वा सेयर होल्डरले जुन पैसा लगानी गर्छन, त्यो लगानीको बजार मूल्य र कम्पनीको बजार मूल्य कम्पनीले उति स्थिर प्रतिस्पर्धात्मक फाइदा दिन्छ । जति बढि फाइदा दियो ,कम्पनी किन्नु उति फाइदा हुन्छ ।

    जस्तो उनले पछि किनेको कम्पनी एच एन्ड आर ब्लकले सेयर इक्विटीमा सरदर २५ प्रतिशत फाइदा दिन्थ्यो । नाइकले १४ प्रतिशत, जोन्स म्यान भिलले २० देखि ३० प्रतिशत, नाइट न्युज पेपरले १४ देखि २०, त्यस्तै विज्ञापन एजेन्सी ओजिल्भी समुहले १५ देखि २२ प्रतिशत जेनरल फुडले १६ कोकाकोलाले ३३ प्रतिशत, इन्टर पब्लिकले १५ देखि २२, अमेरिकन ब्रोडकास्ङि १३ देखि २१, गेइकोले २० देखि ३०, आरजे रेनेल्ड इन्स्ट्रिजले १४ देखि १८, फिलिप १६ प्रतिशत, क्यापिटल सिटिजले १८ प्रतिशत वाल्ट डिज्नेले १५ देखि २१ प्रतिशत, सर्भिस मास्टर्सले ४० प्रतिशत, वासिङटन पोस्टले १९ प्रतिशत, म्याकडोनाल्डले १८ प्रतिशत फाइदा दिन्थ्यो ।वारेनले कहिल्यै पनि बढीभन्दा बढी फाइदा दिने कम्पनीलाई हेरेनन् । उनले पनि लामो समयदेखि कम्पनीले कसरी फाइदा दिइरहेको छ र बढ्ने सम्भावना कस्तो छ भन्नेलाई नै प्राथामिकता दिएका थिए ।

    २. सम्पुर्ण लगानीको प्रतिफलको उचित दर 

    राम्रा कम्पनीले जहिले पनि दीर्घकालीन प्रतिस्पर्धात्मक फाइदालाई ध्यान दिइरहेका छन् । तिनले इक्विटीको भारी दरमा फाइदा दिइरहेका हुन्छन् । टोटल क्यापिटल (सम्पुर्ण पुँजी ) मा पनि उतिकै उच्च दरका लगानी फिर्तालाई ध्यान दिइरहेका हुन्छन । 

    नियमित र सधैँ यो कुरालाई ध्यानमा राखिरहेका कम्पनी वारेनको छनोटमा पर्छन । वारेनले जहिले पनि १२ प्रतिशत वा त्योभन्दा बढी प्रतिफललाई ध्यान दिने गर्दछन् । उनले बैँक, इनभेस्टमेन्ट बैँक, फाइनान्सियल कम्पनीहरुमा इक्विटीमा १२ प्रतिशत र सम्पतिको स्थिर रिर्टनमा कम्तीका १ प्रतिशत छ कि छैन्  भनेर हेर्ने गर्दछन् । 

    ऋण लिएर कुनै बिजनेस किन्नु उनलाई उचित लाग्दैन । ऋणमा घाँटीसम्म डुबेको कम्पनीले जति सुकै नाफा कमाए पनि उसलाई तिर्दै ठीक हुन्छ । यो कुरा उनलाई त पहिल्यै थाहा थियो तर, अरुले यो कुरा कभ्mन सन् १९१६ सम्म कुनुपर्यो ।

    एड्भो नामक कम्पनी १ अर्ब ६१ करोड डलर ऋणमा नभई नगदमा किने । पछि कम्पनीको आम्दानी यति तगडा भयो  कि सेयरहोल्डरहरुको लगानीलाई एकैचोटीमा राम्रा रिर्टन दिएर छक्क पारिदियो । यस्तै अवस्थापछि सन् २००० मा आइपर्यो जब वारेनले यम ब्रान्डलाई आफ्रनो बनाए । ब्रान्डभित्र टाको बेल, पिज्जा हट र केएफसीजस्ता चेन रेष्टुराँ पर्छन । यी कम्पनी एकताको पेप्सी कम्पनी थियो । पछि पेप्सीले बेच्ने भएपछि यम ब्रान्डले लियो र वारेनले त्यसपछि यमको सेयर लिए । 

    हुन त यी चेन रेष्टुराँले वर्षको ४ अर्ब ५० करोड डलर कमाइ गर्थे तर, २ अर्ब डलर त ऋण तिर्दै सकिन्थ्यो । वारेनले त्यो बेला मात्र लगानी गरे जब उनलाई थाहा भयो –एडभो ३५ प्रतिशत सम्पूर्ण पूँजिको रिटर्न दिइरहेको छ । त्यस्तै यमले पनि ३५ प्रतिशतले ऐतिहासिक रिटर्र्न दिएको देखियो ।


    ३. सहि ऐतिहासिक कमाई

    वारेनले सुचना बटुल्ने अर्को पक्ष भनेको स्थापना यता कम्पनीको कमाइ निरन्तर बढ्दो क्रममा छ कि छैन भन्ने नै हो । अस्थिर कमाई अर्थात् कुनै वर्ष धेरै कमाई हुने र कुनै वर्ष कमाइ नै नहुने स्थिति भएका कम्पनीमा उनी लगानी गर्दैनन् । कम्पनीको प्रतिसेयर कमाइ माथितिर गइरहेको छ भने कम्पनी उनको रोजाइमा पर्छ । 

    हिजोआज त कम्पनीको ऐतिहासिक कमाइको आँकडा भ्यालु लाइन , याहु, एमएसएन जस्ता वेबसाइटमा पाइन्छन् ।  तिनले त प्रतिस्पर्धी कम्पनीको कमाइको तुलना पनि गरिदिन थालेका छन् ।

    वारेनले एचएन्डआर ब्लक, जस्टिन इण्डस्ट्रिज, यम ब्रान्ड्स्, जोन्स म्यानभिल ,सअ इण्डस्ट्रिज, लिज क्लेइबर्न, डन एन्ड ब्राडस्ट्रिट कर्प युएसजी, फस्र्ट डाटा कर्प, वासिङटन पोस्ट, कोकाकोला, नाइक र गेइकोलाई किनेका बेला ऐतिहासिक कमाइ सही दिशाबाट आएको छ कि छैन भनेर नै सुचना बटुलेर ।

    कुनै कम्पनीमा समस्या एकपटकमै समाधान हुन सक्छ कि सक्तैन, त्यसलाई पनि ध्यान दिन्छन्स । कुनै खराब समाचारले सेयर बजार ओरालो लाग्न थालेपछि उनी त्यो कम्पनीमा देखिएको व्यवस्थापकीय समस्या या अन्य किसिमको समस्या एकै पटकमा समाधान गर्न सकिन्छ कि त्यो समाधान गर्न लामो समय लाग्छ आदि विषयमा अनुसन्धान गरेपछि मात्र लगानीका लागि चासो देखाउँछन ।

    ४. ऋणबाट बच्नु 

    कुनै कम्पनीको सबैभन्दा ठुलो कमजोरी भनेको त्यसको ऋण हो । कसैले लामो अवधिको ऋण लिएर कम्पनी चलाइरहेको छ भने कम्पनीले कमाएर दिन नसक्ने  उनको धारणा छ । जुन कम्पनीसँग प्रशस्त कमाइ छ र त्यसलाई ऋणको आवश्यकता छैन त्यो कम्पनी कुनै कारणले ओरालो लागेको भए चाँडै बाटो  लाग्न उनको धारणा छ । 

    तर, ठुलो रकम लामो समयसम्म तिर्नुपर्ने ऋण छ भने त्यस्ता कम्पनीले लामो समय चल्ने रिसेसन – आर्थिक मन्दी थेग्न सक्तैनन् र कम्पनी चाँढै थचारिन्छन् । वारेन त्यस्ता कम्पनीमा लगानी गर्न तम्सन्छन् जुन कम्मनीले लामो खराब आर्थिक अवस्थालाई धान्न सक्छन् ।

    waren bafet1.JPG

    यो पनि पढ्न नछुटाउनस्

    विश्वका धनी वारेन बफेटको खुसी र सफल हुने सुत्र: लगानी गर्दा यस्ता १२ प्रश्न आफैंलाई सोध्नुस्

    एक अर्वपति वारेन वफेटले दिएका जीवनमा खुशी हुने ५ सुत्रः समस्यालाई स्वीकार, कर्ममा चुर्लुम्म डुब !...

     

    यसलाई वारेन यसरी बुझाएका छन्, जस्तो तपाई कुनै घर किन्न बैँकमा जानुहुन्छ कि होइन ? तपाईले समयमा ऋण तिर्न सक्नुहुन्छ कि सक्नुहुन्न ? सुरुमा तपाईले घर किन्नका लागि निश्चित प्रतिशत डिपोजिट जम्मा गर्न सक्नु हुन्छ कि हुन्न ? तपाईले ब्याज समयमा तिर्नुहन्छ कि हुन्न ? यी सबै सुनिश्चित भएपछि मात्रै बैँकले घरका लागि ऋण पत्याउँछ । त्यसैगरी, म पनि कुनै कम्पनी किन्दा लामो समयको ऋण तिर्न यो कम्पनी सक्षम छ कि छैन आदि हेरेर मात्र लगानी गर्छु ।

    जस्तो उनले किनेको कम्पनी एचएन्डआर ब्लकको लामो अवधिको ऋण ८ अर्ब ७२ करोड थियो अनि आम्दानी चाँहि २ अर्ब ५१ करोड । यसले लामो अवधिको ऋणलाई साढे तीन वर्षमै तिरिसक्थो । त्यसैले वारेनले यो कम्पनी किने । त्यस्तै, रिग्लेज कम्पनीको लामो अवधिको ऋण एकै वर्षमा तिर्न सकिने थियो । 

    त्यै भएर उनले यो कम्पनी पनि किने । सन् २००० मा गेनेट कम्पनी किन्दा यसको ऋण ८० करोड थियो भने आम्दानी १ अर्ब । यसले १ वर्ष  भन्दा कम अवधिमा नै ऋण तिरिसक्थ्यो । यहि वेला वारेनले किनेको जिलेट कम्पनीको लामो अवधिको ऋण २ अर्ब ४० करोड थियो अनि वार्षिक आम्दानी चाँहि १ अर्ब २० करोड । दुई वर्षभित्रै यसले सम्पुर्ण ऋण तिरिसक्थ्यो । उता यम कम्पनी २ अर्ब २० करोड डलर लामो अवधिको ऋण थियो भने ५२ करोड खुदा नाफा थियो । यसले चार वर्षमै आफ्रनो ऋण तिरिसक्थ्यो ।

    तर सन् २००० मा जेनरल मोटर्सको ऋण १ खर्ब ३६ करोड डलर थियो । खुद आम्दानी चाँहि ३४ अर्ब मात्रै  थियो र यो ऋण १० वर्षको अवधिका लागि लिइएको थियो । जेनरल मोटर्सको सबै आम्दानी सिधा बैँकलाई दिँदा पनि तिर्न रक्तैनथ्यो । त्यस्तै, फोर्ड कम्पनी हालत पनि यस्तै थियो । अब सोच्नुस्, तपाईले यस्तो लगानी हुने तर फाइदा कम हुने कम्पनी किन्नु भयो र यति बेला नै तपाइको देशको अर्थतन्त्र संकुचित हन थाल्यो भने के होला ?

    तर, विश्लेषकहरु भन्छ, यस्तो समस्या चाँहि बैँक, इन्भेस्टमेन्ट बैँक, फाइनान्सियल  कम्पनीहरुलाई कमै पर्छ किनभने आर्थिक सङहकुचनसँग लड्नका लागि उनीहरुसँग – अमेरिकाको मामिलामा प्रशस्त पैसा हुन्छ । तिनले आफ्नो लगानीलाई विविधीकरण पनि गरेका हुन्छन ।

    जसका कारण कुनै एउटा क्षेत्रको ऋण उठ्न सकेन भने पनि अर्कोतिरबाट लगानीको प्रतिफल आइरहेको हुन्छ । नेपालको सन्दर्भमा अधिकांश बैँकहरुले एकताका घरजग्गामा लगानी गरे । राम्रो प्रतिफल वा स्थिर आम्दानीको स्रोत हुने ठाउँमा लगानी नगर्दा बैँक नै अप्ठेरेमा परेर मर्जरमा पुगेका छन् । लगानीकर्ताहरुले यस्ता कुरामा चासो दिनुपर्दछ ।

    ५. सही किसिमको प्रतिस्पर्धात्मक उत्पादन तथा सेवा 

    वारेनले जहिले पनि अरुभन्दा भिन्न किसिमको सेवा वा उत्पादन गर्ने कम्पनीमाथि चासो देखाए । जस्तो ह्याम्बर्गर भन्ने बितिकै मान्छेको दिमागमा म्याक्डोनाल्ड्स , वेन्डिज् वा वर्गर किङ याद आउँछ । अनि पिज्जा भन्ने बितिकै पिज्जा हटको याद आउँछ । कुखुराको मासु सम्झने बितिकै केएफसी सम्झन्छन् । यो भनेको ती कम्पनीले उत्पादन गर्ने विशेष परिकार वा सेवाका कारण भएको हो ।

    यस्तै अमेरिकीहरु कफी वा चुरोट भन्ने बित्तिकै फिलिप मोरिस कम्पनी सम्झन्छन् । चुइङ्गम भन्ने बित्तिकै रिग्लेज नै ठान्छन् । कोलाका लागि पेप्सी वा कोक, टुथपेस्ट भन्ने बित्तिकै प्रोक्टर एण्ड गेम्बल, घरेलु उत्पादनका लागि कोलगेट पाल्मालिभ, जुत्ता भनेकै नाइक जिन्स भनेकै लेभीज वा लि भनेर सम्झनु भनेको तिनका प्रतिस्पर्धी क्षमता बढी हुनु हो । यिनै कम्पनीका उनले मज्जाले लगानी गरेका छन् ।

    ६.मजदुर संगठनले बिगार्न सक्छन्


    राम्रो आर्थिक उन्नति गरिरहेको कम्पनीको सबैभन्दा ठुलो कमजोरी त्यहाँ काम गर्ने मजदुर हुन सक्छन् । वारेन मजदुरलाई बारम्बार तलब बढारहनुपर्ने कुराको विरोधी हुन् । यसले कम्पनीका लगानीकर्तालाई दिनुपर्ने फाइदा उचित दिन नसकिने तर्क गर्छन् उनी । सशक्त कम्पनीका सशक्त मजदुर संगठनका कारण कम्पनीको उत्पादन नै हुने सम्भावना पनि उत्तिकै हन्छ । एयरप्लेनका पाइलटले तलब बढाउन भनेर हडताल गर्दा पुरै कम्पनी चार दिने हडतालले ध्वस्त हुन्छ ।


    वारेन यस्ता सस्थागत मजदुर संग्ठन भएका ठाउँमा लगानी गर्न रुचाउँदैनन् । यी संस्थाले बढी नाफा दिइरहेका भए पनि उनी यतातिर आँखा लगाउँदैनथे ।

    साताको लोकप्रीय