एनसीसी बैंकको शेयर कारोबार प्रणालीमा खरिद चाप किन बढ्यो ? बैंकले नेप्सेलाई दियो यस्तो जवाफ 

एनसीसी बैंकको शेयर कारोबार प्रणालीमा खरिद चाप किन बढ्यो ? बैंकले नेप्सेलाई दियो यस्तो जवाफ 

अर्थ डबली
सोमवार, माघ १२ २०७७
अर्थ डबली
सोमवार, माघ १२ २०७७ (अर्काइभ बाट)
  • एनसीसी बैंकको शेयर कारोबार प्रणालीमा खरिद चाप किन बढ्यो ? बैंकले नेप्सेलाई दियो यस्तो जवाफ 

    काठमाडौँ / नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी)ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई जवाफ पठाएको छ । नेप्सेले माघ ११ गते आइतबार कारोबार प्रणालीमा उच्च खरिद चाप देखिएकोले मूल्यमा असर गर्ने कनै सूचना तथा निर्णय गरेको भएमा सो को जानकारी तीन दिनभित्रमा उपलब्ध गराउन दिएको निर्देशन बमोजिम एनसीसी बैंकले नेप्सेले तीन बुँदामा कारण पठाएको हो । 

    images
    images

    बैंकले माघ ९ गते बोलाइएको र उक्त सभाबाट पारित भई सम्बन्धित निकायको स्वीकृति पश्चात वितरण हुने गरी १०.२६९५ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनका लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव बाहेक अन्य शेयर मूल्यमा असर पर्ने गरी कुनै निर्णय नभएको जानकारी दिएको छ । 

    बैंकले बोनश शेयर र नगद लाभांश वितरण गर्ने सम्बन्धमा गत पुस ३ गते नै नेप्सेलाई जानकारी गराइएको बताएको छ । 

    त्यस्तै, २३औं बार्षिक साधारण सभाबाट मर्जर सम्बन्धमा एनसिसि बैंक र अन्य उपयुक्त बै.क तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङकन गर्न राष्ट्यि वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सहमति÷सम्झौता गर्ने तथा सो समबन्धमा प्रचलित कानून, नियम अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी प्रदान गर्ने नीतिगत प्रस्ताव मात्रै पारित भएकाो र यस सम्बन्धमा कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने बिषयमा छलफल तथा निर्णय नभएको बैंकले जनाएको छ । 

    साताको लोकप्रीय