जिन्दगी बदल्ने २५ प्रेरक प्रसङ्गहरू : अब पर्खन छोड्दिनुस् किनभने, समय कहिल्यै फर्किदैन...! 

जिन्दगी बदल्ने २५ प्रेरक प्रसङ्गहरू : अब पर्खन छोड्दिनुस् किनभने, समय कहिल्यै फर्किदैन...! 

अर्थ डबली
बुधवार, बैशाख १ २०७८
अर्थ डबली
बुधवार, बैशाख १ २०७८ (अर्काइभ बाट)
  • जिन्दगी बदल्ने २५ प्रेरक प्रसङ्गहरू : अब पर्खन छोड्दिनुस् किनभने, समय कहिल्यै फर्किदैन...! 

    जिन्दगीमा हरेक मानिस भौंतारिहेका हुन्छन्, तर यो कुनबाटोमा भौंतारिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । कतिपय यस्ता प्रेरक प्रसङ्गले तपाई हाम्रो जिन्दगी बदल्न सहयोग गर्दछ ।

    images
    images

    विश्वका महान व्यक्तिदेखि कतिपय साधारण जीवन जिउने ब्यक्तिहरू पनि यस्ता प्रेरक विषयहरूले आफ्नो जिन्दगीको मोड बदलेको सुने बुझेका छौं । जो जहाँ रहेपनि सकारात्मक विचार र व्यक्तित्वले जिन्दगीको गाडी अघि बढाउँछ । नयाँ वर्षको अवसरमा अर्थ डबली ले करिब २५ प्रेरक भनाइहरु राखेको छ ।

    पढ्नुस् केक छन् :

    १. जब कसैले तपाईको कपि गर्छ भने सम्झिनुस् तपाई सक्सेस हुदै हुनुहुन्छ ।

    २. कमाउनुस् ‘कमाउदै रहनुस् तबसम्म कमाउनुस् जब सम्म महङ्गो सामान पनि सस्तो लाग्दैन ।

    ३. जुन व्यक्तिले लोभ गर्न छोड्छ ,उसको प्रशंसा पनि सकिन्छ ।

    ४. यदि तपाईको योजना एकले काम गरेको छैन भने, नआत्तिनुस् अझै२५ ओटा बाँकी नै छ ।

    ५. जुन व्यक्तिले कहिल्यै गल्ती गरेको छैन, त्यस व्यक्तिले कहिल्यै नयाँ गर्ने कोसिस पनि गरेको हुँदैन ।

    ६. भीडले हौसला त दिन्छ तर, पहिचान गुमाई दिन्छ ।

    ७. कुनै महान व्यक्तिले अवसरको कमि बारे सिकायत गर्दैन ।

    ८. महानता त्यो होइन जो कहिल्यै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनि उठ्छ ।

    ९. जुन चीजमा तपाईको इच्छा छ, त्यो चीज पाउनको लागि कुनै समय निश्चित हुँदैन, चाहे त्यो रातको १२ किन नबजेको होस् ।

    १०. यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनुहुन्छ भने, त्यो तपाई आफैँ गर्नुस् ।

    ११.  खाली खडा भएर पानी हेर्दैमा, तपाई नदि तर्न सक्नुहुन्न ।

    १२. जित्नेवालाले बेग्लै चीज गर्दैन, ता कि त्यो चीजलाई अलग तरिकाबाट गर्छ ।

    १३. जति कठिन सङ्घर्ष हुन्छ, त्यति नै जीत सान्दार हुन्छ ।

    १४. यदि तपाईको लक्ष्यमा कोही पनि हाँसी रहेको छैन भने, त्यो तपाईको धेरै सानो लक्ष्य हो ।

    १५. असफलताको बारेमा चिंन्ता नगर्नुस्, किनभने तपाई एकपटक मात्र सहि हुनुहुन्छ ।

    १६. हरेक व्यक्तिसँग एउटा शक्ति हुन्छ, फरक त यति हो की, कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरिन्छ ।

    १७. अरुलाई सुनाउनको लागि आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तित्व यति उच्च बनाउनुस् कि, तपाइलाई सुन्न मानिसहरू परिश्रम गरून ।

    १८. तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारिफ गरून या नगरून, आधा भन्दा बढि दुनियाँ त निन्द्रा मै हुन्छ, “सुर्य” तर पनि जागी नै रहन्छ ।

    १९. पहिचानबाट मिलेको काम केहि समयको लागि रहन्छ, तर कामबाट मिलेको पहिचान उमेरभरसम्म रहन्छ ।

    २०. यदि तपाई आफ्नो जिन्दगी आफ्नै हिसाबले जीउन चाहानुहुन्छ भने, तपाई कसैको फ्यान नबन्नुस् ।

    २१. तपाई खुशी रहनु नै, तपाईको डाहा गर्नेको ठुलो सजाय हो ।

    २२. कोशिस गर्न छोड्नु हुँदैन, किनकी चिम्टीको सहायताले पनि आखिर चाबीको ताला खोल्न सकिन्छ । 

    २३. पर्खन छोड्दिनुस् किनभने, सही समय कहिल्यै आउँदैन । 

    २४. कर्म यति शान्तिले गर्नुस् कि, सफलताले हल्ला मच्चाओस ।

    २५. यदि मानिसको एकहार हुदैँमा हारेर पनि मुस्कान दिएमा, जित्नेले पनि खुशी गुमाइ दिन्छ ।

    २६. यदि तपाईले आफ्नो परिचय खुद् दिनु परेमा सम्झनुस्, तपाईको सफलता बृहत टाढा छ ।

    साताको लोकप्रीय