न्यूटनका जीन्दगी बदल्ने २० प्रेरक वाणी : म आकाशिय पिण्डहरुको गणना त गर्न सक्छु तर मानिसको पागलपनको गणना गर्न सक्दिन

न्यूटनका जीन्दगी बदल्ने २० प्रेरक वाणी : म आकाशिय पिण्डहरुको गणना त गर्न सक्छु तर मानिसको पागलपनको गणना गर्न सक्दिन

अर्थ डबली
आइतवार, फागुन १६ २०७७
अर्थ डबली
आइतवार, फागुन १६ २०७७ (अर्काइभ बाट)
  • न्यूटनका जीन्दगी बदल्ने २० प्रेरक वाणी : म आकाशिय पिण्डहरुको गणना त गर्न सक्छु तर मानिसको पागलपनको गणना गर्न सक्दिन


    सर आइज्याक न्यूटन, (४ जेनवरी १६४३ – ३१ मार्च १७२७) बेलायती भौतिकशास्त्री, गणितज्ञ, खगोलशास्त्री, प्राकृतिक दर्शनिक, र गूढ रसायनशास्त्री हुन् । जसलाई विज्ञान इतिहासमा सबैभन्दा प्रमुख व्यक्तित्वको रूपमा लिने विश्वभर चिनिन्छन् । 

    images
    images

    उनको १६८७ मा प्रकाशित खोज प्राकृितक दर्शनको गणितीय सिद्धान्तमा विश्वव्यापी गुरूत्वाकर्षण र तीन गतिका नियम बयान गरिएको छ । जसले तत्कालिन समय तहल्का मच्चायो । आज पर्यन्त प्रसिद्धि कमाए । जसले शास्त्रीय यान्त्रिकीको जग बसाल्यो । 

    केप्लरले पत्ता लगाएका ग्रहको गतिका नियम र आफ्नो गतिको तीन नियम मिलेको प्रदर्शन गरेपछि, खगोलीय वस्तु भए पनि पृथ्वीमा भएको वस्तु भए पनि सबै वस्तु मान्नु पर्ने गतिको नियम एकै किसिमको हो भनेर प्रमाणित गरे । 


    अर्बौं जनसंख्या भएको यो विश्वमा कति मानिस जन्मिन्छन् र मर्छन् कुनै हिसाब किताब हुँदैन । तर शताब्दियौंसम्म आइज्याक न्युटनलाई सम्झिरहनै पर्ने हुन्छ । 

    आफूले गरेका राम्रो कामको कारण उनीहरुले आफूलाई अमर बनाउँछन् । यस्तै मानिसहरु मध्ये एक हुन् बेलायती वैज्ञानिक सर आइज्याक न्यूटन जसले विभन्न समयमा दिएका उत्कृष्ट प्रेरक प्रसङ्ग यस्ता छन्ः 

     

     

    १. हरेक क्रियाको बराबर तर विपरित प्रतिक्रिया हुन्छ

    २. जो माथि जान्छन् उनीहरु तल आउनु स्वभाविक हो ।

    ३. म अरुजस्तै साधारण नै छु तर मेरो प्रयोगले मलाई असाधारण बनाइदिएको छ ।

    ४. हामी मानिसले पर्खाल त धेरै बनायौं तर, पुल पर्याप्त बनाएनौं ।

    ५. म आकाशिय पिण्डहरुको गणना त गर्न सक्छु तर मानिसको पागलपनको गणना गर्न सक्दिन ।

    ६. उत्थान पछि विनाश पनि सम्भव छ ।

    ७. त्रुटी कलामा हुँदैन बरु कलाकारमा हुन्छ ।

    ८. यदि मैले मानिसको कुनै पनि सेवा गरेको छु भने यो मेरो सोचको कारण नै सम्भव हुन सकेको हो ।

    ९. म पनि साधारण नै छु, मेरो सफलताको राज अरु कुनै शक्ति होइन मेरो निरन्तरको प्रयास र कोशिश हो ।

    १०. कुनै पनि खोज साहसिक निर्णय बिना असम्भव छ ।

     

    ११. एक वस्तु त्यतिखेर सम्म आफ्नो सिधा रेखामा गतिशिल रहन्छ जबसम्म उसमाथि कुनै बाहिरी बल नगर्नुहोस् ।

    १२. प्रकृति सँधै सादगीमा नै खुसी हुन्छ ।

    १३. मेरो लागि सांसरिक सम्मान वा गौरव कहिल्यै पनि विज्ञानको क्षेत्रमा प्रगति भन्दा ठूलो होइन ।

    १४. यदि म अरुको तुलनामा आफूलाई अगाडि पाउँछु भने यस्तो दिग्गजको काँधको सहारामा नै गर्न सकेको हुँ ।

    १५. धैर्य नै प्रतिभा हो ।

    १६.कुनै पनि अन्य सबूतको अनुपस्थितीमा एक्लो औंला मलाई भगवानको अस्तित्वको बारेमा बुझाउनको लागि प्रेरित गर्छ ।

    १७. प्लेटो मेरा साथी हुन र अरिस्टोटल पनि मेरा साथी हुन् तर मेरो सबैभन्दा ठूलो साथी सत्य हो ।

    १८.  कसैलाई पनि आफ्नो दुश्मन नबनाइ आफ्नो लक्ष्य प्राप्त गर्ने कला चातुर्यता हो ।

    १९. म यो संसारको लागि के हुँ म जान्दिन तर, मेरो नजरमा म समुन्द्रको किनारमा चिल्लो पत्थर र सीप खोज्न व्यस्त बच्चा समान हुँ । जबकी मेरो अगाडि सत्यको अबुझ अथाह सागर फैलिएको छ ।

    २० कडा मेहनत पछि मात्रै मैले आफूलाई यस्तो बनाउन सकेको छु ।

    साताको लोकप्रीय