१२ हजार ६५३ जनामा कोरोना परीक्षण : निको हुने भन्दा संक्रमित बढी, ६ जनाको मृत्यु

१२ हजार ६५३ जनामा कोरोना परीक्षण : निको हुने भन्दा संक्रमित बढी, ६ जनाको मृत्यु

अर्थ डबली
बिहिवार, कार्तिक २५ २०७८
अर्थ डबली
बिहिवार, कार्तिक २५ २०७८ (अर्काइभ बाट)
  • १२ हजार ६५३ जनामा कोरोना  परीक्षण : निको हुने भन्दा संक्रमित बढी, ६ जनाको मृत्यु

    काठमाडौँ / पछिल्लो २४ घण्टामा देशभर ३१७ जना कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा ९ हजार ६०९ नमुनाको पीसीआर परीक्षण र ३  हजार ४४ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १२ हजार ६५३ गरिएको छ । 

    images
    images

    स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ३०१ र  एन्टिजेन परीक्षणबाट १६ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।  

    २७९ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।  अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ७ हजार ५३५  छ । 

     मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १६ हजार ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९४ हजार ९९५  पुगेको छ । 

    हालसम्म ७ लाख  ९७ हजार ५९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४६६ पुगेको छ ।

    साताको लोकप्रीय